+
+

अप्टिकल फाइबर काटिदा दुई जिल्लाको इन्टरनेट बन्द

रासस रासस
२०७७ चैत १३ गते १७:४५

१३ चैत, बैतडी । अप्टिकल फाइबर काटिँदा बैतडी र दार्चुलामा चार दिनदेखि नेपाल टेलिकमको मोबाइल, ल्यान्डलाइन र इन्टरनेट सेवा अवरुद्ध छ । बैतडीको पाटन र खोड्पेको बीचमा अप्टिकल फाइबर काटिएकाले सेवा अवरुद्ध भएको हो ।

सोमबार उक्त क्षेत्रमा अप्टिकल फाइबर काटिएको टेलिकम बैतडीले जनाएको छ । तीन दिनदेखि जिएसएम मोबाइल तथा इन्टरनेट सेवा अवरुद्ध हुँदा दुवै जिल्लाका हजारौँ ग्राहक मारमा परेका हुन् । फोन सेवा अवरुद्ध हुँदा सञ्चारविहीन हुनुपरेको दशरथचन्द नगरपालिका–५ का खेमराज भट्टले बताए ।

काटिएको अप्टिकल फाइबर मर्मत जारी रहेको टेलिकम बैतडीका प्रमुख सुरेन्द्र कार्कीले जानकारी दिए । उनले भने, ‘एक ठाउँको मर्मत गरिसकेका छौँ, अर्को ठाउँको अप्टिकल फाइबर मर्मतको काम जारी छ ।’

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?