+
+

सुर्खेतमा एक पुरुष मृत अवस्थामा भेटिए

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत १७ गते १४:१७

१७ चैत, सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा एक पुरुष मृत अवस्थामा भेटिएका छन् ।

वीरेन्द्रनगर–६, स्थित यज्ञ पिसहोम बोडिङ्ग स्कुलनजिक मंगलबार बिहान ती पुरुष मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।

डीएसपी घर्तीका अनुसार ती पुरुष सिम्ता गाउँपालिका–९, का ३९ वर्षीय रामबहादुर राना क्षेत्री रहेका छन् । स्थानीय बासिन्दाले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

शवलाई पोस्टमार्टमका लागि कर्णाली प्रदेश अस्पताल लगिएको छ । मृतकको शरीरमा कुनै चोटपटक नभएकाले पोष्टमार्टम रिपोर्टपछि वास्तविकता बाहिर आउने डीएसपी घर्तीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?