+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

भारतीय सेनाले दियो नेपाली सेनालाई कोरोना खोप

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत १७ गते १७:४९

१७ चैत, काठमाडौं । भारतीय सेनाले नेपाली सेनालाई थप एक लाख कोभिड–१९ विरुद्धको कोभिशिल्ड खोप उपलब्ध गराएको छ । गत जनवरीमा ‘खोप मैत्री’ कार्यक्रम अन्तर्गत नेपाललाई दश लाख कोभिड–१९ विरुद्धको खोप प्रदान गरे पश्चात फेरि पनि भारतीय सेनाले थप खोप उपहारस्वरुप प्रदान गरेको हो ।

भारतले अबलम्बन गरेको ‘छिमेकी पहिलो’ नीति अनुरुप भारतीय सेनाका सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणेले आफ्ना नेपाली समकक्षी जनरल पूर्णचन्द्र थापालाई टुडिखेलस्थित नेपाली सेनाको मुख्यालय जंगी अड्डामा आयोजित एक समारोहका बीच भिडियो कन्फरेन्स मार्फत उक्त खोप प्रदान गरेका हुन् ।

भारतको पुणेस्थित सिरम इन्टिच्यूटबाट एयर इण्डिया विमान मार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबार ल्याइएको उक्त खोप नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले नेपाली सेनालाई हस्तान्तरण गरेका हुन् ।

गत नोभेम्बरमा भएको नेपाल भ्रमणका क्रममा जनरल नरवणेलाई नेपाली सेनाको मानार्थ महारथीको पदवी प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?