+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

पाल्पाको बतासेडाँडालाई चलचित्र छायांकनस्थल बनाउन सुझाव

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत १९ गते १३:३७

१९ चैत, बुटवल । लुम्बिनी प्रदेशमा चलचित्र छायांकनस्थल निर्माणको सम्भाव्यता अध्ययन समितिले पाल्पाको बतासेडाँडा क्षेत्रमा चलचित्र छायांकनस्थल बनाउन सुझाव दिएको छ ।

बिहीबार लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीलाई अध्ययन प्रतिवेदन बुझाउँदै समितिले बतासेडाँडा क्षेत्रको करिब १ हजार १३९ रोपनी क्षेत्रलाई चलचित्र छायाँकनस्थल बनाउन सुझाव दिएको हो ।

लुम्बिनी प्रदेशको मध्यभागमा पर्ने, मौलिक कला संस्कृति भएको, धार्मिक एवं ऐतिहासिक स्थलहरु भएको, सबै भाषाभाषी र जनजातिको बसोबास रहेको, चलचित्र छायांकनको लागि आवश्यक न्यूनतम भौतिक पूर्वाधारहरु तयार भइसकेकाले बतासेडाँडालाई लुम्बिनी प्रदेशको चलचित्र छायांकनस्थल निर्माणका लागि उपयुक्त पहिचान गरिएको समिति सदस्य केएल पीडितले बताए ।

सम्भाव्यता अध्ययन समितिका सदस्यहरु मनोज श्रेष्ठ, केएल पीडित, चलचित्र विकास बोर्डका प्रशासन अधिकृत दिनेश बानियाँ र चलचित्रकर्मी अमित विश्वासले मन्त्री केसीलाई प्रतिवेदन बुझाएका हुन् ।

प्रतिवेदन बुझ्दै मन्त्री केसीले बतासेडाँडामा चलचित्र छायांकनस्थल निर्माण कार्यलाई प्रदेश सरकारले उच्च प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे ।

चालु आर्थिक वर्ष २०७७–७८ मा नेपाल सरकारले प्रत्येक प्रदेशमा चलचित्र छायांकनस्थल निर्माण गर्ने कार्यक्रम राखी बजेट विनियोजन गरेको थियो । सोही कार्यक्रम अन्तर्गत चलचित्र विकास बोर्डले उपयुक्त छायांकनस्थलको बारेमा अध्ययन अवलोकन गरी प्रतिवेदन तयार गर्न गत साउन २२ गते सातवटै प्रदेशका लागि अलग–अलग रुपमा चलचित्र छायांकनस्थल निर्माणको सम्भाव्यता अध्ययन समिति गठन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?