+
+

थप २६६ जनामा कोरोना संक्रमण, उपत्यकामा १३७ जना

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत २३ गते १६:३३

२३ चैत, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४५३६ जनामा गरिएको परीक्षणमा २६६ जनामा संक्रमण पुष्टि भएको हो । यो संख्या अघिल्लो दिनको भन्दा ९० जना बढी हो । आइतबार ३४५६ जनामा परीक्षण गर्दा १७६ जना संक्रमित भेटिएका थिए ।

पछिल्लो २४ घण्टामा भेटिएका संक्रमितमध्ये अधिकांश काठमाडौं उपत्यकाका छन् । काठमाडौंमा ९८, ललितपुरमा २६, भक्तपुरमा १३, चितवनमा ३७ र कास्कीमा १९ जना संक्रमित भेटिएका छन् ।

आइतबार काठमाडौंमा ८७, ललितपुरमा ८ र भक्तपुरमा ४ गरी उपत्यकामा ९९ जना संक्रमित भेटिएका थिए । काठमाडौं जिल्लापछि सबैभन्दा धेरै कास्कीमा २४ जना संक्रमित भेटिएका थिए ।

नेपालमा हालसम्म संक्रमितको संख्या २ लाख ७८ हजार २१० रहेको छ । जसमध्ये २ लाख ७३ हजार ३४२ जना निको भएका छन् । कोरोना संक्रमणका कारण हालसम्म ३०३६ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?