+
+

कञ्चनपुरमा कोरोना सङ्क्रमितको मृत्यु

रासस रासस
२०७७ चैत २५ गते ९:३१

२५ चैत, कञ्चनपुर । महाकाली अस्पतालमा उपचारार्थ भर्ना भएका भीमदत्त नगरपालिका-१५ का ४५ वर्षीय कोरोना सङ्क्रमित पुरुषको मृत्यु भएको छ ।

भारतको गुजरातबाट चैत २२ गते फर्केका उनमा कोरोना सङ्क्रमण देखापरेपछि महाकाली अस्पतालमा भर्ना गरिएको थियो ।

उपचारकै क्रममा उनको मृत्यु भएको स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले बताए । ‘भर्खरै कोरोना सङ्क्रमितको मृत्यु भएकोबारे खबर पाएको छु’, उनले भने, ‘अस्पताल जाँदैछु । त्यसपछि विस्तृत विवरण उपलब्ध गराउँछु ।’

मृत्यु भएका कोरोना सङ्क्रमितको आजै दिउँसो शव व्यवस्थापन गरिने बताइएको छ । कोरोनाको दोस्रो सङ्क्रमणको लहर सुरु भएपछि कञ्चनपुरमा पहिलो मृत्यु भएको छ ।

यसअघि कञ्चनपुरमा कोरोना सङ्क्रमणका कारण १४ जनाको मृत्यु भैसकेको छ । हालसम्म कोरोनाको दोस्रो लहर फैलिएपछि एन्टिजेन विधिबाट एक हजार ९८० जनाको परीक्षण गरिएकामध्ये ६४ जनाको नतिजा पोजेटिभ आएको छ । तीमध्ये १२ जना महाकाली अस्पतालको आइसोलेसनमा रहेका छन् ।

मङ्गलबारमात्रै भीमदत्त नगरपालिका-२ का दुईजनामा कोरोना सङ्क्रमण देखिएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?