+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

बेलायतमा ३० वर्षमुनिका व्‍यक्तिलाई एस्ट्राजेनेकाको खोप नदिइने

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत २६ गते १३:१७

२६ चैत, काठमाडौं । बेलायतले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको अक्सफोर्ड–एस्ट्राजेनेकाले विकास गरेको खोप ३० वर्षमुनिका व्‍यक्तिलाई नलगाउने भएको छ । बेलायतको औषधि नियामक संस्था एमएचआरएले ३० वर्षमुनिका व्‍यक्तिलाई यो खोप नदिइने र उनीहरुलाई खोपको अन्य विकल्प दिइने बताएको हो ।

एमएचआरएका अनुसार एस्ट्राजेनेकाको खोप लगाएका व्‍यक्तिमा रगत जम्ने समस्या देखिएसँगै यस्तो निर्णय गरिएको हो। एमएचआरको अध्ययन अनुसार मार्चको अन्तिमसम्ममा बेलायतमा एस्ट्राजेनेकाको खोप दिएकामध्ये ७९ जनामा रगत जम्ने समस्या देखिएको थियो  भने १९ जनाको मृत्यु भएको थियो ।

यद्यपि, एस्ट्राजेनेकाको खोपको कारण रगत जम्ने समस्या उत्पन्न हुने पुष्टि भइसकेको छैन। रगत जम्ने समस्याको सम्बन्ध कुनै न कुनै रुपमा एस्ट्राजेनेकाको खोपसँग देखिएको वैज्ञानिकहरुले बताएका छन् ।

रगत जम्ने देखिएकामध्ये करिब दुई तिहाइ महिला छन् । मृत्यु हुनेमा १८ देखि ७९ वर्षका व्‍यक्तिहरु छन् । वैज्ञानिकहरुले अझै पनि रगत जम्ने समस्याको खोपसँगको सम्बन्धको विषयमा अनुसन्धान गरिरहेका छन् ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?