+
+

नेपालले किनेको कोरोना खोप उपलब्ध गराइदिन भारतसँग आग्रह

नेपाल र भारतका परराष्ट्रमन्त्रीबीच टेलिफोन वार्ता

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत २७ गते १८:०१

२७ चैत, काठमाडौं । नेपालले भारतीय कम्पनी सेरम इन्ष्टिच्यूटसँग खरिद गरेको १० लाख डोज खोप छिटो उपलब्ध गराउने व्यवस्था मिलाइदिन भारत सरकारसँग आग्रह गरेको छ ।

शुक्रबार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारतीय समकक्षी एस जयशंकरसँग टेलिफोन वार्ता गरेका थिए । त्यस क्रममा उनले नेपालले किनेको १० लाख डोज खोप छिटो उपलब्ध गराइदिन आगह गरेको परराष्ट मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

यस्तै दुई पराराष्ट्रमन्त्रीबीच भारत र नेपालमा पछिल्लो समय बढेको कोरोना भाइरस संक्रमण नियन्त्रणको विषयमा पनि छलफल भएको थियो । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार कोरोना महामारी नियन्त्रणका लागि सहकार्य गर्ने विषयमा दुई मन्त्रीबीच छलफल भएको स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?