+

नेपाली राष्ट्रिय क्रिकेट टिमको जर्सीको प्रायोजकमा माई सेकेण्ड टिचर

२०७७ चैत  ३० गते २१:०७ २०७७ चैत ३० गते २१:०७
नेपाली राष्ट्रिय क्रिकेट टिमको जर्सीको प्रायोजकमा माई सेकेण्ड टिचर

३० चैत, काठमाडौं । लर्निङ एप ‘माई सेकेण्ड टिचर’ले नेपाली राष्ट्रिय क्रिकेट टिमको जर्सी प्रायोजन गरेको छ । आईएनजी ग्रुप अन्तर्गतको माई सेकेण्ड टिचरले राष्ट्रिय क्रिकेट टिमको जर्सी प्रायोजन गरेको हो ।

नेपाल क्रिकेट संघ क्यानसंग जर्सीको प्रायोजक खोज्नको लागि सम्झौता गरेको एडप्याडले माई सेकेण्ड टिचरलाई जर्सीको प्रायोजकको रुपमा चयन गरेको हो । अब नेपालको जर्सीमा माई सेकेण्ड टिचरको लोगो राखिनेछ ।

सोमबार एक कार्यक्रमबीच राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ल र माई सेकेण्ड टिचरका संस्थापक तथा आईएनजी ग्रुपका प्रमुख सुलभ बुढाथोकीले नयाँ लोगोसहितको जर्सी सार्वजनिक गरे ।

बुढाथोकीले जर्सी प्रायोजन गर्ने अवसर दिएकामा क्यान र एडप्याडलाई धन्यवाद दिए । सम्झौता एक वर्षको लागि हुनेछ भने सम्झौता रकम खुलाइएको छैन ।

‘यो अहिले एक वर्षको लागि हो । आशा छ अझै निरन्तर हुनेछ । सम्झौता रकम खुलाईएको छैन’ बुढाथोकीले भने ।

राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्लले क्रिकेटमा अझै ठूलो लगानी हुनुपर्ने बताए । नेपालले अब वैशाख ४ गतेदेखि कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने त्रिकोणात्मक सिरिजमा नयाँ जर्सी लगाएर खेल्नेछ । सिरिजमा नेपाल, नेदरल्याण्ड्स र मलेसियाले डबल राउण्ड रोविन लिगको आधारमा प्रतिस्पर्धा गर्नेछन् ।

क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय