+
+

पशुपालक किसानलाई अनुदानमा च्यापकटर मेशिन

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख ३ गते १८:१२

३ वैशाख, बुटवल । सैनामैनाका पशुपालक किसानहरुलाई नगरपालिकाले ५० प्रतिशत अनुदानमा विद्युतीय च्याप कटर (घाँस,पराल काट्ने मेसिन) प्रदान गरेको छ। नगरपालिकाको पशु विकास शाखामार्फत ११ वटै वडाका व्यवसायिक किसानहरुलाई ४२ थान च्याप कटर प्रदान गरिएको हो ।

४० हजार मूल्यमा खरिद गरिएका ती मेशिन शुक्रबार नगरपालिका कार्यालयमा आयोजित कार्यक्रममा किसानहरुलाई वितरण गरिएको हो । नगरपालिकाका पशु विकास शाखा प्रमुख ईन्द्र बहादुर खड्काले किसानको ५० प्रतिशत र नगरपालिकाको ५० प्रतिशत लगानीमा मेशिन वितरण गरिएको बताए ।

मेसिन वितरण गर्दै नगरप्रमुख चित्रबहादुर कार्कीले नगरपालिकालाई कृषि र पशुपालनमा आत्मनिर्भर बनाउने लक्ष्यसहित पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताए । मेसिनको प्रयोगले व्यवसायिक किसानहरुलाई पशुपालनमा सहजता ल्याउने र उत्पादन बृद्धि हुने अपेक्षा लिएको बताए ।

मासु, अण्डा र दुधमा सैनामैना आत्मनिर्भर बनेको उल्लेख गर्दै उनले किसानको उत्पादन विक्रिका लागि नयाँ हाट बजार निर्माण गरी सञ्चालनको तयारीमा रहेको र चिस्यान केन्द्र तथा बीउ भण्डारण समेत निर्माण प्रक्रियामा रहेको बताए ।

नगरपालिकाले व्यवसायिक किसानहरुको लागि सय थान हाते ट्याक्टर,रिपर मेसिन २ थान,थ्रेसर एक थान,पानी तान्ने मोटर २५ थान, सिंचाईका लागि पम्पसेट ३० थान वितरण गरेको कृषि शाखाकी सिर्जना अर्यालले बताइन् ।

नगर कृषक संञ्जाल समितिका संयोजक शेरबहादुर क्षेत्रीले नगरपालिकाले कृषि उत्पादनको बजारिकरणको सुनिश्चितता,कृषि प्रविधि, तालिम र कृषि उपजको समर्थन मूल्य तोक्नुपर्ने आग्रह गरे । सैनामैनामा २ सय ५० पशुपालक कृषक समूह र २ सय बढी कृषक समूह छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?