+
+

कोरोना संक्रमणबाट गोरखामा वृद्धको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख ६ गते १७:३७

६ वैशाख, गोरखा । कोरोना संक्रमणबाट गोरखामा वृद्धको मृत्यु भएको छ । भीमसेन थापा गाउँपालिका–१ मसेलका ७९ वर्षीय वृद्धको मृत्यु भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख भेषराज खनालले बताए ।

‘चितवन मेडिकल कलेजमा उपचारको क्रममा कोरोना पुष्टि भएको रहेछ,’ उनले भने, ‘कोरोना भएपछि दुई दिन अघिमात्र परिवारले घरमा ल्याएर होम आइसोलेसनमा राखेका रहेछन् ।’ आइतवार साँझ उनको मृत्यु भएको खनालले जानकारी दिए ।

गाउँपालिकाको समन्वयमा परिवारजनले आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर शवको दाहसंस्कार गरेको बताइएको छ। ‘मृतकसँग सम्पर्कमा रहेकाहरुलाई आइसोलेट भएर बस्न आग्रह गरेका छौँ, आवश्यकता अनुसार परीक्षणका लागि स्वावको नमूना संकलन गर्छौ,’ उनले भने ।

शून्य संक्रमित रहेको गोरखामा पुनः संक्रमण देखिन थालेको छ । दोस्रो चरणमा थप पाँच जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयका महामारी फोकल पर्सन नारायण बाबु अर्यालले बताए ।

उनीहरु मध्ये दुईजनाको काठमाडौँमा उपचार भइरहेको र बाँकी तीनजना गोरखाकै होम आइसोलेसनमा रहेको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?