९ वैशाख, काठमाडौं । त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत नेपाल र मलेसियाबीच भइरहेको खेलमा नेपालका सोमपाल कामीले २ विकेट लिएका छन् ।
सोमपालले पहिलो ओभरको चौथो बलमा सायद अजिजलाई एबीडब्लु आउट गरे । यस्तै आफ्नो दोस्रो ओभरको तेस्रो बलमा उनले ६ रन बनाएका अनवर अरुदिनलाई करण केसीबाट क्याचआउट गराए ।
नेपालले टस हारेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २१७ रन बनाएको छ ।
प्रतिक्रिया 4