+
+
Shares

स्वास्थ्य मन्त्रालयले भन्यो : यही गतिमा कोरोना फैलिए अस्पतालमा बिरामी राख्ने ठाउँसम्म हुने छैन

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख १२ गते १६:३९

१२ वैशाख, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरेना संक्रमणको अहिलेको चक्रलाई रोक्न नसके केही दिनमा अस्पतालमा बिरामी राख्ने ठाउँ पनि नहुने चेतावनी दिएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले आइतबार एक विज्ञप्ति जारी गरी कोरोना संक्रमण र उपचारको दुखद दृश्य स्वास्थ्यकर्मीहरुले दैनिक रुपमा देखिरहेको बताएका छन् ।

‘संक्रमणको चक्रलाई रोक्न सकिएन र यही गतिमा फैलँदै गएमा केही दिनमै अस्पतालमा बिरामी राख्ने ठाउँसम्म हुने छैन’ विज्ञप्तिमा भनिएको छ, ‘त्यसैले व्यक्ति व्यक्तिले निर्वाह गर्न सक्ने भूमिकाहरुबाट कसैलाई पनि विचलित हुन नदिऔं, खबरदारी गरौं ।’

कोरोना संक्रमण रोकथामकालागि सरकारले तोकेका स्वास्थ्य मापदण्ड पालना गर्नु निर्विकल्प उपाय भएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?