+
+

भारतमा कोरोना संक्रमणबाट एकैदिन ३६ सयबढीको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख १६ गते ११:३१

१६ वैशाख, काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणको कारण ३ हजार ६४५ जनाको मृत्यु भएको छ ।

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार बिहीबार उक्त अवधिमा ३ लाख ७९ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् ।

यससँगै भारतमा समग्र कोरोना संक्रमितको संख्या पनि एक करोड ८३ लाख नाघेको छ । त्यस्तै सक्रिय संक्रमितको संख्या पनि ३० लाख ८४ हजार नाघेको छ ।

भारतमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या पनि २ लाख ४ हजार ८३२ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतको महाराष्ट्रमा सबैभन्दा धेरै ६३ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् ।

कर्नाटकमा ३९ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् । केरलामा पनि नयाँ संक्रमितको संख्या ३५ हजारभन्दा धेरै छ । भारतमा अहिलेसम्म १५ करोड डोजभन्दा धेरै कोरोना खोप दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?