+
+

स्वास्थ्यमा सुधार आएपछि पूर्वरानी कोमललाई आईसीयूबाट वार्डमा सारियो

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख २२ गते १८:१७

२२ वैशाख, काठमाडौं । कोरोना संक्रमण भई नर्भिक अस्पतालमा उपचाररत पूर्वरानी कोमल शाहलाई आईसीयूबाट वार्डमा सारिएको छ ।

स्वास्थ्य अवस्थामा सुधार आएपछि उनलाई वार्डमा सारिएको अस्पतालको कम्युनिकेसन एण्ड पीआर डिपार्टमेन्टले जनाएको छ ।

पूर्वराजा ज्ञानेन्द्र शाह, उनकी पत्नी कोमल र छोरी प्रेरणा कोरोना संक्रमण भई १२ दिनअघि नर्भिक अस्पतालमा भर्ना भएका थिए । पूर्वरानी कोमललाई गत बिहीबारदेखि प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको थियो ।

‘उहाँको आईसीयूमै राखेर उपचार भइरहेकोमा स्वास्थ्य अवस्थामा सुधार भएपछि आजदेखि वार्डमा सारिएको हो । उहाँको स्वास्थ्य अवस्थामा क्रमिक र दैनिक रुपमा सुधार भइरहेको छ’ अस्पतालको विज्ञप्तिमा भनिएको छ

पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्व अधिराजकुमारी प्रेरणाको भने अवस्था सामान्य छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?