
२३ वैशाख, विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले शुक्रबार रातिदेखि लागु हुनेगरी जिल्लाभर निषेधाज्ञा जारी गरेको छ ।
मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाका अनुसार शुक्रबार राति १२ बजेदेखि जेठ १ गते राति १२ बजेसम्म कायम हुने गरी निषेधाज्ञा जारी गरिएको हो ।
गत आइतबार विराटनगर महानगरपालिका, बुढीगङ्गा गाउँपालिका, जहदा गाउँपालिका र कटहरी गाउँपालिकाको वडा नम्बर १, २, ३ र ४ मा एक साताका लागि निषेधाज्ञा जारी भएको थियो ।
जिल्लामा सङ्क्रमण दर बढेपछि जिल्लाभर निषेधाज्ञा जारी गर्ने निर्णय भएको उनले बताए । मोरङसँग सीमा जोडिएका झापा र सुनसरीले यसअघि नै निषेधाज्ञा जारी गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4