+
+

राष्ट्रियसभाको उपनिर्वाचनमा डा. देवकोटाले मागे कलम चुनाव चिह्न

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख २४ गते १२:०२

२४ वैशाख, हेटौंडा । माओवादी-कांग्रेससहितको समर्थनमा राष्ट्रियसभा उपनिर्वाचनमा उम्‍मेदवार बनेका डा. खिमलाल देवकोटाले कलम चुनाव चिह्न माग गरेका छन् ।

राष्ट्रिय सभा उपनिर्वाचनमा संयुक्त प्यननलबाट उमेदवारी दर्ताको लागि हेटौंडा आइपुगेका उनले आफू स्वतन्त्र उम्‍मेदवार भएको दाबी गर्दै निर्वाचन आयोगसँग कलम
चुनाव चिह्न माग गरकेा हुन् ।

उनी अहिले माओवादी संसदीय दलका नेता शालिकराम जमकटेल र कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँसहित निर्वाचन अधिकृत तथा न्यायायधीश डिल्लिरत्न श्रेष्ठसँग छलफलमा छन् ।

दे‍वकोटाको उमेदवारी दर्तामा कांग्रेस बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक राधा घले समर्थक र माओवादी केन्द्र संसदीय दलका नेता जमकटेल प्रस्तावक रहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?