
२७ वैशाख, काठमाडौँ । गण्डकी प्रदेशमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
मर्स्याङदी गाउँपालिका-६का ६५ वर्षीय कोरोना संक्रमित पुरूषको पोखरा ल्याउने क्रममा दिउँसो ४:१० बजे मृत्यु भएको छ ।
उनलाई वैशाख २५ गते कोरोना संक्रमण पुष्टि भएको थियो। यसअघि कास्की र स्याङ्जाका २/२ तथा म्याग्दी, रुपन्देही, पर्वत र तनुहँका एक/एक जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको थियो ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २७६ पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4