+
+

रामग्रामका मेयरको गाडी कोभिड संक्रमित बोक्न प्रयोग

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख ३१ गते १२:३४

३१ बैशाख, बुटवल । कोरोना संक्रमितहरुले उपचारका लागि अस्पताल जान एम्बुलेन्स पाउन समसया भइरहेको बेला पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाका प्रमुख चढ्दै आएको गाडी कोभिड संक्रमित बिरामी बोक्न प्रयोगमा ल्याइएको छ ।

नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले प्रयोग गर्दै आएको लु १ झ ४७३ नम्बरको स्कारपियो गाडीलाई शुक्रबारबाट एम्बुलेन्सको रुपमा नगरभित्र रहेका बिरामी वोक्न प्रयोगमा ल्याइएको हो ।

‘कोभिड १९ को असहज परिस्थितिलाई मध्यनजर गर्दै संक्रमितको उपचारमा सघाउ पुर्‍याउने उद्देश्यले एम्बुलेन्सको रुपमा प्रयोग गर्ने निर्णय गरेको हुं’–नगरप्रमुख गुप्ताले भने–‘कोरोना संक्रमण अन्त्य नहुंदासम्म मैले आफ्नो लागि वैकल्पिक व्यवस्था गर्छु ।’

नगर प्रमुखको उक्त गाडीले नगरभित्रका कोभिड १९ संक्रमितलाई निःशुल्क रुपमा घरबाट आइसोलेसन सेन्टर वा स्वास्थ्य संस्थामा लैजाने गरी व्यस्थापन गरिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजेश पन्थीले बताए ।

नगरपालिकाले रामग्राम–४ जितपुरस्थित पाल्ही बहुमुखी क्यापसको भवनमा अक्सिजन सहितको २० शैयाको आइसोलेसन सेन्टर सञ्चालनमा ल्याएको उपप्रमुख रम्भा कुँवरले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?