+
+

बाँकेमा दुई घण्टामा पाँच संक्रमितको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख ३१ गते १५:१२

३१ वैशाख, काठमाडौं । बाँकेमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट दुई घण्टाको अन्तरालमा थप पाँचजनाको मृत्यु भएको छ ।

बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार शुक्रबार बिहान १०ः३० देखि दिउँसो १२ः४० सम्म थप ५ जना संक्रमितको मृत्यु भएको हो ।

ओलीका अनुसार दाङको शान्तिनगर गाउँपालिका–५ का ३७ वर्षीय पुरुषको भेरी अस्पतालमा शुक्रबार बिहान १०ः३० बजे मृत्यु भएको हो । उनीमा वैशाख २१ गते संक्रमण पुष्टि भएको थियो ।

बाँकेको खजुरा गाउँपालिका–२ की ५३ वर्षीया महिलाको नेपालगञ्ज मेडिकल कलेजमा बिहान १०ः३० बजे नै मृत्यु भएको उनले बताए । उनीमा वैशाख १९ गते संक्रमण पुष्टि भएको थियो ।

यसैगरी कोहलपुर नगरपालकिा–२ बाँकेकी ५० वर्षीया महिलाको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा बिहान ११ः३० बजे मृत्यु भएको उनले बताए । उनीमा वैशाख २० गते संक्रमण पुष्टि भएको थियो ।

बर्दियाको बासगढी नगरपालिका–५ का ५० वर्षीय पुरुषको भेरी अस्पतालमा बिहान ११ः४५ बजे मृत्यु भएको ओलीले बताए । उनीमा वैशाख १८ गते संक्रमण पुष्टि भएको थियो ।

सल्यानको सिद्ध कुमाख–४ की ४० वर्षीया महिलाको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा शुक्रबार दिउँसो १२ः४० बजे मृत्यु भएको उनले बताए । उनीमा वैशाख २८ गते संक्रमण पुष्टि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?