+
+

सभामुखलाई राय दिने वकिलले विपक्षमा बहस गर्न मिल्दैन : महान्यायाधिवक्ता

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ १४ गते १४:५५

१४ जेठ, काठमाडौं । महान्यायाधिवक्ता रमेश बडालले सभामुखले बोलाएको छलफलमा जाने कानुन व्यवसायीलाई प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सरकारको विपक्षमा बहस गर्न नमिल्ने बताएका छन् ।

शुक्रबार संवैधानिक इजलासमा उनले सभामुखलाई राय दिने वकिलले संसद विघटनको मुद्दाको विपक्षमा बहस गर्न नमिल्ने बताएका हुन् ।

‘सभामुखलाई राय दिनेले यहाँ आएर विपक्षमा बहस गर्न मिल्दैन । यो गर्न कानुन व्यवसायीको आचारसंहिताले दिँदैन’ बडालले भने । संसद विघटनसम्बन्धी केही रिटमा सभामुख अग्निप्रसाद सापकोटालाई पनि विपक्षी बनाइएको छ । कानुन व्यवसायीले एउटै मुद्दाको पक्ष र विपक्षमा बहस गर्न नमिल्ने व्यवस्था छ । महान्यायाधिवक्ता बडालले आचारसंहिताको सोही विषय उठाएका हुन् ।

बिहीबार सभामुख सापकोटाले कानुन व्यवसायीसँग गरेको छलफलमा वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवाली, अधिवक्ता भीमार्जुन आचार्यलगायत सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?