Comments Add Comment

प्राविधिकहरुलाई जीवनको आग्रह–‘कठिन समयमा धैर्यता र आत्मबल नगुमाउनुहोला’

नेपाली चलचित्र क्षेत्र लामो समयदेखि ठप्प रहँदा यसको मारमा चलचित्र प्राविधिकहरु परेका छन् । दैनिक काम गरेर आफ्नो जीवन चलाउँदै आएका सयौं प्राविधिकहरुलाई कोठा भाडा तिर्न र दैनिकी चलाउन समस्या परेको छ ।

यसैले, निषेधाज्ञाको समयमा चलचित्र प्राविधिक संघले समस्यामा परेका चलचित्र प्राविधिकहरुलाई सहयोग गरिरहेको छ । चलचित्र प्राविधिक संघको यो कार्यमा देश भित्र र देश बाहिर रहेका चलचित्रकर्मीहरुले साथ दिइरहेका छन् ।

निषेधाज्ञाका कारण समस्यामा परेका प्राविधिकहरुलाई अमेरिकामा रहेका कलाकारहरुले पनि सहयोग गरिरहेका छन् । नायक जीवन लुइटेलले केही दिन अगाडि प्राविधिकहरुका लागि ५१ हजार रुपैयाँ सहयोग गरे ।

नेपाली चलचित्र क्षेत्रमा एक दशक भन्दा लामो समय बिताएका जीवन केही बर्ष अगाडि अमेरिका पुगे र उतै रहन थालेका हुन् । उनै, जीवनले प्राविधिकहरुलाई यो समयमा धैर्यता र आत्मबल नगुमाउन पनि आग्रह गरेका छन् । जीवन लेख्छन्–‘संझना छ र त माया छ । माया छ र त साथ छ । हामीलाई पर्दा अगाडि हिरो बनाउने पर्दा पछाडिका हिरोहरु । सबैतिरको यो कठिन परिस्थितीमा धैर्यता र आत्मबल नगुमाउनुहोला ।’

जीवनले प्राविधिकहरुका लागि आफूहरु सधै साथमा रहेको सन्देश दिदै यो अवस्थामा धैर्यता राख्न आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment