
नायिका अदिती वुढाथोकी र नायक धिरज मगरले पहिलो पटक चलचित्र ‘बाबरी’मा एकसाथ पर्दा शेयर गरे । यो चलचित्रको छायांकन २ साता मात्र भएको छ । चलचित्रको छायांकन भैरहेको समयमा निषेधाज्ञा भएपछि यसको काम रोकियो ।
२ साता नायक धिरज मगरसँग काम गरेकी अदितीलाई धिरज कस्तो लाग्यो होला त ? सामाजिक संजाल इन्स्टाग्राममा फ्यानले धिरजको बारेमा प्रश्न गरेपछि अदितीले उनलाई उदार र प्रतिभा भएको कलाकारको रुपमा ब्याख्या गरेकी छिन् । अदितीले धिरजको बारेमा भनिन्–‘उनी एकदमै प्रतिभावान र उदार नायक हुन् । उनी निकै नम्र पनि छन् । उनीसँग काम गर्दाको क्षण मेरा लागि विशेष छ ।’
चलचित्र ‘बाबरी’लाई सुरेन्द्र पौडेलले निर्देशन गरिरहेका छन् । चलचित्रमा अदिती र धिरजको जोडीलाई दर्शकले मन पराउने विश्वास यसको निर्माणपक्षको छ ।
निषेधाज्ञा खुलेपछि चलचित्रको केही दिनको छायांकन नेपालमा गरेर यसको निर्माणपक्ष सिक्किम जाने तयारीमा छ ।
धिरजको यो तेश्रो चलचित्र हो भने अदितीको दोश्रो । चलचित्र क्षेत्रमा धिरज र अदिती दुबै जना करिअर बनाउने दौडमा छन् । यसैले पनि उनीहरुको केमेष्ट्रीलाई दर्शकले कसरी लिने हो, यो भने हेर्न बाँकी नै छ । तर, धिरजसँग काम गर्दा अदिती उत्साहित देखिएकी छिन् । यसले पनि उनीहरुको केमेष्ट्री पर्दामा जम्ने अपेक्षा गर्न सकिन्छ ।
यस्तै, अर्का एक फ्यानले नेपाली भएको कारणले मुम्बइमा रहँदा कुनै जातिवादको शिकार हुनुभएको छ भनेर अदितीलाई प्रश्न गरेका छन् । यसमा अदितीले मुम्बई आफ्नो दोश्रो घर भएको भन्दै आफूले न्यानो माया पाएको उल्लेख गरेकी छिन् ।
प्रतिक्रिया 4