+
+

करेन्ट लागेर रौतहटमा महिलाको मृत्यु, दुईजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ १७ गते १८:२८

१७ जेठ, रौतहट । रौतहटमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । परोहा नगरपालिका–४ की २२ वर्षीया गुडियादेवी पासवानको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्थानीय तिलाई राय यादव र रामविनय राय यादवले नजिकै रहेको बिजुलीको पोलबाट नांगो तार जडान गरेर मकैबारीमा घेरा लगाएको बेला सोही तारमा अल्झेकी पासवानको करेन्ट लागेर मृत्यु भएको हो ।

उनको मृत्यु भएपछि फरार रहेका दुवैजनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले बताए । १२ कठ्ठा जग्गामा लगाएको मकैबालीलाई जनावरबाट सुरक्षित राख्न करेन्ट प्रवाह गरेको बेला शौच गर्न बाहिर गएकी पासवान तारमा अल्झिएकी थिइन् । पक्राउ परेका दुवैजनालाई जिल्ला अदालतबाट ९ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक शाहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?