२१ जेठ, काठमाडौं । कोरोना महामारीको नियन्त्रण तथा उपचारको लागि दया फाउण्डेशनले सामुदायिक तथा सरकारी अस्पतालहरूलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ।
संस्थाले टेकु अस्पताल, वीर अस्पताल, ट्रमा सेन्टर, क्षेत्रपाटी निःशुल्क चिकित्सालय, भक्तपुर क्यान्सर अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताल, नेपाल एम्बुलेन्स सर्भिस र आनन्द कुटी आइसोलेशन सेन्टरमा स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो।
फाउण्डेशनले ६ थान हाई फ्लो नेशल क्यानुला, ५ थान ५ लिटरको अक्सिजन कन्सन्ट्रेटर, १० थान १० लिटरको अक्सिजन कन्सन्ट्रेटर, १५ थान थर्मल गन, १५ थान अक्सिमिटर साथै १००० थान सुरक्षा किट (पीपीई, फेससिल्ड, सेनिटाइजर, मास्क, पञ्जा) प्रदान गरेको हो।
दया फाउण्डेशनका अध्यक्ष राजेश प्रधानले विशेषतः निम्न आय भएकाहरुको उपचारमा लक्षित अस्पतालमा सहयोग गरेको बताए।
फाउण्डेशनले नर्सहरूको लागि कोरोना उपचारका क्रममा आवश्यक सीप विकासको लागि शुरु गरेको प्रशिक्षण कार्यक्रमलाई पनि २१ जेठसम्म निरन्तरता दिने जनाएको छ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4