
२१ जेठ, काठमाडौं। अष्ट्रेलियाको भिक्टोरिया राज्यको मेलबर्नमा भारतमा पहिलोपटक देखिएको कोरोना भाइरस (कोभिड-१९) को डेल्टा भेरियन्टका संक्रमित फेला परेका छन् ।
जिनोमिक सिक्वेन्सिङ गरेर हेर्दा पहिलोपटक मेलबर्नमा डेल्टा भेरियन्ट फेला परेको हो । ‘यो भेरियन्ट डेल्टा भेरियन्ट हो, अहिले यो भारतमा निकै चर्चित र बेलायतमा पनि यसको संक्रमण बढिरहेको छ ।
यो भेरियन्ट निकै चिन्ताको विषय हो’, भिक्टोरियाका प्रमुख स्वास्थ्य अधिकारी ब्रेट सुटोनले बताए । अहिलेसम्म भिक्टोरियामा डेल्टा भेरियन्टबाट संक्रमित हुनेको संख्या २ पुगेको छ । सुटोनका अहिले अहिले देखिएको नयाँ भेरियन्टको सम्बन्ध भने अन्य संक्रमितसँग देखिएको छैन ।
गत मे २४ यता अष्ट्रेलियाको भिक्टोरियामा अहिलेसम्म कोरोनाका ६५ संक्रमित थपिइसकेका छन् । त्यसअघि तीन महिनासम्म यो राज्यमा कोरोनाका कुनै संक्रमित फेला परेका थिएनन् । कोरोनाको संक्रमण फैलिएसँगै अहिले मेलबर्नमा लकडाउन लगाइएको छ । यो लकडाउन जुन १० सम्म कायम रहनेछ ।
एजेन्सीहरुको सहयोगमा
प्रतिक्रिया 4