+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

राष्ट्रिय जनमोर्चाकी सचेतक भन्छिन्- यो संवैधानिक अपराध हो

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ २९ गते १६:३३

२९ जेठ, पोखरा । राष्ट्रिय जनमोर्चाकी सचेतक पियारी थापाले प्रदेशसभा सदस्यबाट पदमुक्त भइसकेका र पार्टीको साधारण सदस्य समेत नरहेका कृष्ण थापाको समर्थनमा पृथ्वीसुब्बा गुरुङले मुख्यमन्त्रीमा दाबी गर्नु संवैधानिक अपराध भएको बताएकी छन् ।

जनमोर्चाले विपक्षी गठबन्धनलाई समर्थन गरेको छ र ३१ सांसदको हस्ताक्षरसहित नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् ।

तर एमाले संसदीय दलका नेता एवं कामचलाउ सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पनि जनता समाजवादी पार्टी प्रदेश कमिटी र थापाको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् । त्यसप्रति आपत्ति जनाउन विपक्षी गठबन्धनका सांसदहरु प्रदेश प्रमुखको कार्यालय पुगेका छन् ।

जनमोर्चाका दुवै सांसद पियारी थापा र खिमविक्रम शाही पनि त्यहीं छन् । सञ्चारकर्मीहरुसँग कुरा गर्दै सचेतक थापाले भनिन्, ‘हाम्रो समर्थन विपक्षी गठबन्धनलाई छ । त्यही अनुसार हिजो सशरीर उपस्थित भएर हामी दुई जनाले हस्ताक्षर पनि गरिसकेका छौं ।’

उनले अघि भनिन्, ‘जसलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएको छ, सांसद पदबाट पनि बर्खास्त गरिसकिएको छ । त्यो व्यक्तिले म आधिकारिक व्यक्ति हुँ भनेर जान सक्ने कानूनी प्रावधान यो कसले सिकाइराखेको छ ?’

यो संवैधानिक अपराध भएको भन्दै उनले संलग्नहरुलाई कारबाही गर्न माग गरिन् । ‘यस्ता खालका गतिविधिले संवैधानिक अपराध देखाउँछ । मुलुकमा एक खालको प्रतिगन लादेर यो प्रदेशमा त्यही खालको गतिविधि बढाइएको छ,’ जनमोर्चाकी सचेतक थापाले भनिन्, ‘यसको हामी घोर भत्र्सना गर्दछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?