+
+

प्रदेश २ मा महिलालाई मन्त्री नबनाएकोमा एमाले सांसदको आक्रोश

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ २९ गते १८:४५

२९ जेठ, जनकपुरधाम । प्रदेश २ मा महिलालाई मन्त्री नबनाएको भन्दै प्रदेशसभामा प्रश्न उठेको छ । हालै नेपाली कांग्रेसलाई सहभागी गराएर प्रदेश सरकार विस्तार गरिएको छ । कांग्रेसबाट तीन जना मन्त्री बने पनि महिलालाई जिम्मेवारी दिइएको छैन ।

शनिबारको प्रदेशसभा बैठकमा बोल्दै एमाले सांसद मन्जु यादवले महिलालाई ५० प्रतिशत आरक्षण दिने घोषणा भएको प्रदेशमा नै महिलालाई पछाडि पार्न खोजिएको बताइन् । ‘यो प्रदेशमा सक्षम महिला सांसद छैनन् ? मन्त्रिपरिषद्मा कुन नीतिबाट महिलालाई वञ्चित गरिएको हो, त्यसको जवाफ दिनुपर्दैन ?’

हरेक अधिकारको आन्दोलनमा महिला कुचो र ढुंगा बोकेर आएको भन्दै सांसद यादवले पुरुष सांसदप्रति लक्षित गर्दै भनिन्, ‘तपाईंहरुलाई लाज लाग्दैन् ?’ उनले मधेशका महिला गुलामी गर्न मात्रै राजनीतिमा नआएको बताइन् ।

प्रदेशमा अहिले मुख्यमन्त्री र ६ जना मन्त्री छन् । तर, कोही पनि महिला छैनन् । आर्थिक मामिला तथा योजना मन्त्रालयमा राज्यमन्त्रीको रुपमा उषा यादव छिन् । यसअघि भौतिक पूर्वाधार विकास राज्यमन्त्री डिम्पल झा भए पनि उनलाई केही दिनअघि पदमुक्त गरिसकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?