Comments Add Comment

कर्णालीमा नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्ने एमालेको निर्णय

१ असार, सुर्खेत । नेकपा एमालेले कर्णाली प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्ने भएको छ ।

मंगलबार बसेको एमालेको कर्णाली प्रदेशसभा संसदीय दलको सरकारले ल्याएको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्ने निर्णय गरेको एमाले सांसद सुशील कुमार थापाले जानकारी दिए ।

बैठकमा फ्लोर क्रस गरेका सांसद प्रकाश ज्वालासहित १६ जना सांसद सहभागी भएका थिए ।

बैठकमा पार्टीको निर्देशन अवज्ञा गरी मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने चारजना सांसदमध्ये ज्वाला बाहेक अन्य तीन जना सांसद अम्मरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाही भने बैठकमा सहभागी भएनन् ।

तीनजना कर्णाली कर्णाली प्रदेश सरकारका मन्त्री हुन् । कर्णाली प्रदेश सरकारले मंगलबार नै नीति तथा कार्यक्रम पास गरेर बजेट ल्याउने तयारी गरेको छ ।

आज दिउँसो ४ बजे आर्थिम मामिला तथा योजनामन्त्री गोपाल शर्माले संसदमा बजेट पेश गर्ने कार्यतालिका रहेको छ । तर नीति तथा कार्यक्रम नै पास हुने/नहुने अन्योलता भने बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment