+
+

पहिले जनताको सुरक्षा गरौँ, पछि राजनीति गरौंला : कांग्रेस नेता केसी

अनलाइनखबर अनलाइनखबर
२०७८ असार १ गते १५:१८

१ असार, काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले राज्यको सम्पूर्ण शक्ति कोरोना नियन्त्रणमा लगाउनुपर्ने बताएका छन् ।

सोमबार नुवाकोटमा आयोजिक एक कार्यक्रममा बोल्दै नेता केसीले सरकारले विकास र समृद्धिका ठूला कुरा नगरी यतिखेर नेपालीको जीवन रक्षाका लागि राज्यको सम्पूर्ण शक्ति र सम्पति लगाउनुपर्ने बताएका हुन् ।

राजनीति पछि पनि गर्न सकिने भन्दै उनले पहिले जनताको जीवन बचाउन सरकारको ध्यानाकर्षण गराए ।

‘हामी सरकारलाई पनि भन्न चाहन्छौँ, अहिले तिमी ठुल्ठूला विकास, समृद्धिका सपना, झुठको खेती नगर । जम्मै भएभरको राष्ट्रिय शक्ति र सम्पतिको कोभिड महामारीबाट नेपाली जनतालाई मुक्ति बनाउनको निम्ति गर । पहिले नेपाली जनता बाँचुन्, पहिले नेपाली जनताको सुरक्षा गरौँ’ उनले भने, ‘राजनीति भोलि गरुँला ।’

नेता केसीले अहिले सबै राजनीतिक दल र सरकारले जनताको स्वास्थ्यलाई केन्द्रविन्दुमा राख्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?