Comments Add Comment

बागमतीमा ५७ अर्ब ७२ करोडको बजेट, खोपका लागि २ अर्ब (पूर्णपाठसहित)

१ जेठ, हेटौंडा । बागमती प्रदेशले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । मंगलबार आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले प्रदेशसभामा पेश गरेको बजेटमा चालुतर्फ २६ अर्ब १ करोड ६६ लाख र पुँजीगततर्फ २९ अर्ब ७० करोड ३९ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

बजेटको स्रोतमध्ये कर तथा राजश्वबाट २३ अर्ब ८२ करोड १८ लाख र अन्य राजश्वतर्फ ६ अर्ब ८२ करोड १३ लाख उठ्ने अनुमान गरिएको छ । संघीय सरकारबाट वित्तीय हस्तान्तरण अनुदानबाट प्राप्त हुने १६ अर्ब ९२ करोड ६८ लाख, विविध प्राप्तिबाट १ अर्ब ५ करोड ९ लाख र चालु आर्थिक वर्षबाट राजश्व बचतबाट ९ अर्ब १० करोड प्राप्त हुने अनुमान गरिएको छ ।

बजेटमा प्रदेशभरका जनतालाई कोभिड खोप निःशुल्क लगाउन २ अर्ब, कोभिड संक्रमणका कारण आमाबुवा गुमाएका बालबालिकाका लागि मासिक ३ हजार शैक्षिकभत्ता दिइने उल्लेख छ । ‘एक विद्यालय एक नर्स कार्यक्रम’का लागि २६ करोड, मुख्यमन्त्री जनता स्वाथ्य कार्यक्रमका लागि २२ करोड, खेलकुद पूर्वाधारका लागि २९ करोड रुपैयाँ विनियोजन गरिएको छ । बागमती प्रदेश पूर्ण उज्यालो कार्यक्रमका लागि २ अर्ब ४३ करोड, भीमफेदी–कुलेखानी सुरुङमार्गका लागि ७५ करोड, मुख्यमन्त्री प्रदेशिक सडकको लागि ३ अर्ब २५ करोड रुपैयाँ विनियोजन गरिएको उल्लेख छ ।

कर्मकाण्डी बजेट : प्रतिपक्ष

माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता शालिकराम जमकट्टेलले कर्मकाण्डी बजेट आएको बताए । सरकारको गुणगान गाउन मोटो रकम खर्चेर १० करोड लगानीमा मिडिया हाउस सञ्चालन गर्ने कार्यक्रम ल्याएको उनले बताए ।

नेपाली कांग्रेस बागमती प्रदेशका संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले जनअपेक्षा र परिवर्तनलाई संस्थागत गर्नेभन्दा पनि विधि पुर्‍याउने खालको बजेट आएको बताए । ‘१८ अर्ब लागत अनुमान गरिएको सुरुङ मार्गका लागि ७५ करोड छुट्याए न काम हुन्छ भन्ने अपेक्षा गर्न सकिन्छ र ?,’ उनले भने ।

हेर्नुहोस् बजेटको पूर्णपाठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment