+
+

शिव श्रेष्ठः अभिनयमा हिट, निर्माणमा फ्लप

अनलाइनखबर अनलाइनखबर
२०७८ असार ६ गते ११:५७

आज भन्दा ४ दशक अगाडि नायक शिव श्रेष्ठले नेपाली चलचित्रमा पाइला राखेका थिए । चलचित्र ‘जीवनरेखादेखि बागमती’सम्म आइपुग्दा शिवको करिअरमा थुप्रै उतार चढाव आएका छन् ।

तर, नेपाली चलचित्र क्षेत्रमा उनले पुर्याएको योगदान अविस्मरणिय छ । उनै, नेपाली चलचित्रका ‘एक्सनका राजा’ नायक शिव श्रेष्ठ आज आफ्नो जन्मदिन मनाउँदैछिन् । विराटनगरमा जन्मिएका नायक शिव श्रेष्ठले आफ्नो करिअरमा थुप्रै हिट चलचित्र दिएका छन् । उनले अभिनय गरेका थुप्रै चलचित्रले सय र एकाउन्न दिनको रेकर्ड पनि राखेका छन् ।

शिवले पाकिस्तानी चलचित्रमा काम गर्दै गर्दा नेपाली चलचित्रमा पाइला राखेका थिए । पाकिस्तानी चलचित्रमा सफलता पाइरहेको समयमा शिव नेपाल आए र नेपाली चलचित्रमा काम गरे । नेपाली चलचित्रमा भविष्य नभएको अवस्थामा पनि उनले यही क्षेत्रलाई रोजे र निरन्तर अगाडि बढे ।

उनले अभिनय गरेका ‘जीवन रेखा, कान्छी, विश्वास, बदलिदो आकाश, राँको, स्वर्ग, सपना, ठूल्दाई, अग्नीपरिक्षा, पछ्यौरी, मालती, जन्मभूमी, नातेदार, देशद्रोही, मेरो हजुर, लक्ष्मण रेखा, रणसंग्राम, राजु राजा राम, युद्ध, राज, मामाघर, सोह्र बर्षे जोवन’ लगायतका चलचित्र चर्चित छन् ।

नेपाली चलचित्र क्षेत्रमा विशेषगरि करिब ३ दशक शिव श्रेष्ठले नायकको रुपमा राज गरेका थिए । उनै, शिवले अभिनय गरेको चलचित्र ‘प्रेमगीत ३’ रिलिजको प्रतिक्षामा छन् ।
शिवले चलचित्र निर्माणमा पनि हात हाले । उनले निर्माण गरेका ‘बागमती, एउटा यस्तो प्रेम कहानी’ लगायतका चलचित्रले दर्शकको मन जित्न सकेनन् । यसैले, पनि शिवको चलचित्र करिअरमा उनी निर्माणमा फ्लप र नायकका हिट देखिएका छन् ।

नेपाली चलचित्रमा ‘ठूल्दाई, एक्सन किङ’ जस्तो उपनामले परिचित नायक शिव श्रेष्ठलाई जन्मदिनको धेरै धेरै शुभकामना ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?