Comments Add Comment

इंग्ल्याण्ड क्वाटरफाइनलमा, जर्मनी बाहिरियो

१६ असार, काठमाडौं । इंग्ल्याण्ड युरो २०२० को क्वाटरफाइनलमा प्रवेश गरेको छ । घरेलु मैदानमा मंगलबार भएको अन्तिम १६ को खेलमा जर्मनीलाई २-० ले पराजित गर्दै इंग्ल्याण्ड क्वाटरफाइनल पुगेको हो ।

इंग्ल्याण्डका लागि रहिम स्टर्लिङ र ह्यारी केनले दोस्रो हाफमा गोल गरे ।

लण्डनस्थित वेम्वली स्टेडियममा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफमा इंग्ल्याण्डले दुई गोल गर्‍यो ।

स्टर्लिङले ७५औं मिनेटल लुक श को पासमा गोल गर्दै इंग्ल्याण्डलाई अग्रता दिलाएका थिए । कप्तान केनले ज्याक ग्रेलिसको पासमा ८६औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारे ।

यस जितपछि इंग्ल्याण्डले सन् १९९६ को युरो सेमिफाइनलमा बेहोरेको हारको बदलासमेत लिएको छ ।

साथै ५५ वर्षपछि इंग्ल्याण्डले जर्मनीलाई ठूलो प्रतियोगितामा नकआउट गरेको हो .

जर्मनीको हारपछि ग्रुप अफ डेथमा रहेका सबै टिम युरो २०२० बाट बाहिरिएका छन् ।  साविक विजेता पोर्चुगल र फ्रान्स अन्तिम १६ बाटै बाहिरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment