+
+

‘तिम्रो मेरो साथ’को डबिङमा पुष्प र साम्राज्ञी

अनलाइनखबर अनलाइनखबर
२०७८ असार १६ गते १४:२४

चलचित्र ‘तिम्रो मेरो साथ’को डबिङ सुरु भएको छ । रेड स्टूडियोमा चलचित्रको डबिङ सुरु गरिएको निर्माणपक्षले बताएको छ । रमेश एम के पौडेलको निर्देशनमा तयार भएको यो चलचित्रका कार्यकारी निर्माता सविर श्रेष्ठ हुन् ।

चलचित्रका लागि मुख्य कलाकारहरु नायक पुष्प खड्का र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले डबिङ गरेका छन् । यो चलचित्रमा शिव ढकालको छायांकन, रामजी लामिछानेको नृत्य निर्देशन रहेको छ । यो चलचित्रलाई नेपाल भन्दा पहिले अमेरिका, अष्ट्रेलिया, बेलायत लगायतका देशहरुमा प्रदर्शन गरिने निर्माणपक्षले जानकारी दिएको छ ।

नेपालमा भने दशैं र तिहारको विचमा रिलिज गरिनेछ । बोधी एचडी र आर्यन फिल्मस्को ब्यानरमा बनेको यो चलचित्रमा पुष्प र साम्राज्ञीको साथमा सरोज खनाल, सन्दिप क्षेत्री, खगेश्वर पुन मगरको अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?