
१९ असार, डोटी । डोटीको जोरायल गाउँपालिका–३ चन्कट्टेमा आकर्षक बुट्टेदार ढुङ्गा भेटिएको छ । स्थानीय खोलामा तटबन्ध बनाउन मेसिन लगाएर ढुङ्गा निकाल्ने क्रममा प्राचीन बुट्टेदार ढुङ्गा फेला परेको स्थानीय अमृत ओलीले जानकारी दिएका छन् ।
गोलो आकारको ढुङ्गामा चारैतिर आकर्षक बुट्टा रहेका छन् । उक्त ढुङ्गा ऐतिहासिक, धार्मिक र पुरातात्विक हुनसक्ने भएकाले स्थानीय बासिन्दाहरुले सुरक्षित स्थानमा राखेर पूजाआजा गर्न थालेका छन् ।
आर्कषक बुट्टेदार ढुङ्गा भेटिएपछि स्थानीयले सुरक्षित स्थानमा राखी पूजाआजा गर्न थालेका छन् । स्थानीयहरु यसलाई दैवीय शक्ति मान्न थालेका छन् । मेसिनले निकाल्ने क्रममा ढुङ्गाको एकापट्टिको भाग फुटेको स्थानीयले जानकारी दिएका छन् ।
सो ढुङ्गा हेर्न र पुजापाठ गर्न स्थानीयहरुको भीड लाग्न थालेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4