Comments Add Comment

उरुग्वेलाई पेनाल्टी सुटआउटमा हराउँदै कोलम्बिया सेमिफाइनलमा

२० असार, काठमाडौं । गोलकिपर डेभिड ओस्पिनाले उत्कृष्ट प्रदर्शन गरेपछि कोलम्बिया ४७औं सस्करणको कोपा अमरिका फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आइतबार बिहान भएको क्वाटरफाइनलमा कोलम्बियाले सर्वाधिक १५ पटकको विजेता उरुग्वेलाई पेनाल्टी सुटआउटमा ४-२ ले पराजित गरेको हो

हारपछि उरुग्वे बाहिरिएको छ ।

ब्राजिलको ब्सिलिया स्टेडियममा भएको खेलको निर्धारित समयमा गोलरहित बराबरीमा सकिएपछि खेलको नतिजा पेनाल्टी सुटआउटबाट लिइएको हो ।

जहाँ कोलम्बियाका चारै खेलाडीले गोल गरे । उरुग्वेका लागि दुई खेलाडीले गोल गर्दा दुई खेलाडीको प्रहार गोलकिपर ओस्पिनाले बचाए ।

कोलम्बियाका डुभान जापाट्टा, डेभिसन सान्चेज, येरी मिन र रमिगुएल बोयाले गोल गरे । उरुग्वेका एडिनसन कभानी र लुइस सुआरेजले मात्र गोल गरे । जोस जिमिनेज र माथियस भिनाको प्रहार कोलम्बियाका गोलकिपर ओस्पिनाले बचाए ।

कोलम्बियाले अब अर्जेन्टिनासँग खेल्नेछ ।  अर्जेन्टिनाले आज भएको खेलमा इक्वेडरलाई ३-० ले हराउँदै  सेमिफाइनलमा प्रवेश गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment