Comments Add Comment

राष्ट्रिय सभाको बैठक बस्दै, गृहमन्त्रीले सम्बोधन गर्ने

२० असार, काठठमाडौं। राष्ट्रिय सभाको बैठक दिउँसो १ बजे बस्दैछ । बैठकमा उपप्रधान एवं गृहमन्त्री विष्णुप्रसाद पौडेलले सम्बोधन गर्ने जनाइएको छ । गृहमन्त्री पौडेलले समसामयिक विषयमा बैठकमा सम्बोधन गर्ने संघीय संसद सचिवालयले जनाएको छ ।

संसद सचिवालयका महासचिव डा.भरत पौडेलका अनुसार आजको बैठकमा राष्ट्रिय समावेशी आयोगको दोस्रो वार्षिक प्रतिवेदन र प्रत्यायोजन व्यवस्थापन तथा सरकारी आश्वासन समितिको प्रतिवेदन पेश हुने कार्यसूची रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment