+
+

५ अर्बमा सीमित भयो सेयर कारोबार रकम

अनलाइनखबर अनलाइनखबर
२०७८ असार २० गते १५:११

२० असार, काठमाडौं । पछिल्लो केही दिन यता सेयर कारोबार मापक नेप्से परिसूचकसँग कारोबार रकम समेत सुस्ताउन थालेको छ । कुनै दिन २० अर्ब नजिकको कारोबार भएको सेयर बजारमा आइतबार भने जम्मा ५ अर्ब रुपैयाँको मात्रै कारोबार भयो । यो पछिल्लो २ महिना यताकै सर्वाधिक कम हो ।

साताको पहिलो दिन नेप्से परिसूचक ८ दशमलव ४८ अंकले घटेर २ हजार ८ सय ३४ दशमलव ५१ अंकमा झरेको छ । ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ०.३३ अंकले घटेको छ । नेप्से परिसूचक होइन सेयर कारोबार रकम, कारोबार संख्या, कारोबार कित्ता सबै ओरालो लागेको छ ।

दिनभर भएका ६० हजार १७५ कारोबारबाट २२४ कम्पनकिा १ करोड ८ लाख ४२ हजार २२१ कित्ता सेयर किनबेच भएका छन् । कारोबार रकम भने ५ अर्ब ५ करोड ३५ लाख ३८ हजार २५७ रुपैयाँमात्रै भएको छ ।

यी हुन् धेरै कमाउने र गुमाउने कम्पनीहरु :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?