+
+

वृहत नागरिक आन्दोलनले सिंहदरबार घेर्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ असार २६ गते १९:१५

२६ असार, काठमाडौं । वृहत नागरिक आन्दोलनले आइतबार सिंहदरबार घेराउ गर्ने भएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य प्रतिष्ठानमा कर्मचारी, विद्यार्थीले गरेको आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै वृहत नागरिक आन्दोलनले सिंहदरबार घेराउ कार्यक्रम राखेको हो ।

धरानमा आन्दोलनरत् सरोकारवाला पक्षहरूलाई देशव्यापी रुपमा जनताको साथ चाहिएको भन्दै नागरिक आन्दोलनले सिंहदरबार घेराउ कार्यक्रम राखेको जनाएको छ ।

‘प्रतिष्ठानका विद्यार्थी, कर्मचारी, स्वास्थ्यकर्मी र चिकित्सकको पेचिलो आन्दोलनमा चौतर्फी नागरिक आवाज र व्यवस्थित प्रतिरोध भएन भने अपेक्षित नतिजा आउँदैन’ वृहत नागरिक आन्दोलनको विज्ञप्तिमा भनिएको छ, ‘त्यसैले नागरिकहरू जो जहाँ छौं, त्यहींबाट सार्वजनिक संस्थाको बर्बादीविरुद्ध संघर्षमा लाग्न बृहत् नागरिक आन्दोलन अपिल गर्दछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?