+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

चीन पुगे तालीबानी नेता, चिनियाँ विदेशमन्त्रीले भेटमा राखे यी सर्त

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन १३ गते १९:२९

१३ साउन, काठमाडौं । अफगानिस्तानमा जारी हिंसाका बीच अफगानिस्तानका तालिबानी नेताहरुको प्रतिनिधिमण्डल चीन पुगेका छन् । चीन पुगेका तालिबानका प्रतिनिधमण्डलहरुसँग बुधबार चिचियाँ विदेशमन्त्री वाङ यीले उत्तरी चीनको तियानजिनमा भेटवार्ता गरेका छन् ।

पाकिस्तानका विदेशमन्त्री शाह महमुद कुरैसी फर्किएको एक दिनपछि तालिबानीहरुले मन्त्री वाङ यीसँग भेटेको बीबीसीले जनाएको छ । विदेशमन्त्री वाङ यीले पाकिस्तानका विदेशमन्त्रीसँग अफगानीस्तानको बारेमा कुराकानी भएको पाकिस्ताले जानकारी दिएको थियो ।

चीनको सरकारी सञ्‍चारमाध्‍यम सीजीटीएनका अनुसार चिनियाँ विदेशमन्त्री वाङ यीले बुधबार तालिबानका प्रतिनिधिमण्डलहरुसँगको भेटमा चीन विरोधी आतंककारी संगठन इस्ट तुर्किस्तान इस्लामिक मुभमेन्टलाई छोड्‍नु पर्ने बताएका थिए ।

उनले भनेका थिए, ‘ पूर्वी तुर्स्कितान इस्लामिक मुभमेन्ट एउटा आतंकवादी समूह हो। यसलाई संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्ले पनि मानेको छ। अन्तर्राष्ट्रिय समुदायको पनि आतंकवादी संगठनसँग मिलेर लडौं भन्‍ने चाहना छ। चीन तालिबान संगठनसँग ती आतंककारी संगठनसँगको सम्बन्ध तोडेको हेर्न चाहन्छ।’

यता, तालिबानी नेताहरुले अफगानिस्तानको जमीनको चीनको कुनै पनि क्षति नहुने प्रतिवद्धता जनाएका छन् । उनीहरुले भनेका छन्, ‘ अफगानिस्तानको जमीनमा चीन विरोधी कुनै पनि गतिविधि वा नोक्सानी हुने छैन।’

चीन

यसका साथै तालिबानी संगठनका प्रवक्ता डीआर एम. नीमले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘ बैठकमा राजनीति, अर्थ व्‍यवस्था तथा दुवै देशको सुरक्षासँग जोडिएको मुद्दा, अफगानिस्तानको अहिलेको स्थिति तथा शान्ति प्रक्रियाको बारेमा छलफल भएको छ।


यस्तै नीमले भनेका छन्, ‘ उक्त बैठकमा चीनले अफगानी मानिसहरुको मद्दत गर्ने प्रतिवद्धता जनायो । शान्ति प्रक्रियामा सघाउन मद्दत गर्ने आश्वासन दियो । ‘

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?