Comments Add Comment

नेपालमा एसयूभी ‘स्कोडा कुशाक’को विक्री शुरू

नेपालका लागि स्कोडाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले स्कोडाको एसयुभी स्कोडा कुशाकको बिक्री सुरु गरेको छ।

नयाँ कुशाकको टेस्ट ड्राइभ तथा बुकिङ अब देशभरका स्कोडा सोरुमबाट गर्न सकिनेछ। यो गाडी एक्टिभ, एम्बिसन र स्टाइल गरी तीन भेरियन्टमा उपलब्ध छ।

स्कोडा एमएडब्लुका कार्यकारी निर्देशक रौनक अग्रवालका अनुसार कुशाकमा रोबस्ट, वेल–बिल्ट, सेफ, स्पेसियस र फ्युचर–प्रुफ छ।

यसमा टीएसआई प्रविधि राखिएको छ। जुन पर्फमेन्स, इफिसेन्सी, रिफायनमेन्ट र आउटपुटको समिश्रण हो। पछिल्लो प्रविधिमा आधारित यो इन्जिन सबैभन्दा बढी अवार्ड पाउन सफल इन्जिन रहेको अग्रवालले बताए।

यसमा धेरै वटा ‘सिम्प्ली क्लेभर’ फिचर राखिएका छन्। जसले ड्राइभिङलाई सहज बनाउने कम्पनीको भनाइ छ।

एमएडब्लुले कुशाकको ‘वनरसिप’ सहज बनाउन ग्राहक–केन्द्रित न्युनतम ब्याजदर योजना सार्वजनिक गरेको छ। पाँच वर्षका लागि ५.९९ प्रतिशत ब्याजदरमा ग्राहकले कुशाक किन्न सक्नेछन्।

नयाँ कुशाक ४२२५ एमएम लामो, १७६० एमएम चौडा र १६१२ एमएम अग्लो छ। यसको ह्विलबेस २६५१ एमएम छ। जुन सेग्मेन्टमै सबैभन्दा बढी हो र यसको ग्राउन्ड क्लेरेन्स १८८ एमएम रहेको छ।

स्कोडा कुशाकमा आरामदायी इन्टेरियर छ। यसको बीचमा फ्रि–स्ट्यान्डिङ इन्फोटेन्मेन्ट टचस्क्रिन र टु–स्पोट मल्टीफङ्सन स्टेरिङ छ।

यसको बुट क्षमता ३८५ लिटर हो। जसलाई पछाडीको सिट फोल्ड गरेर १४०५ लिटरसम्म बनाउन सकिन्छ।

एम्बिसन भेरियन्टदेखि कुशाकमा एम्बियन्ट लाइटिङ छ। जसले ड्यासबोर्ड र डोर हेन्डललाई उज्यालो बनाइदिन्छ। त्यसैगरी, यसको डोर हेन्डल, ह्यान्ड लकिङ बटन र एअर भेन्टहरु क्रोम–प्लेटेड छन् भने गियरस्टिक नबमा लेदर अपहोल्स्ट्री प्रयोग गरिएको छ।

त्यसैगरी, स्टाइल भेरियन्टमा ग्रे डिजाइन गरिएको फ्रन्ट भेन्टिलेटेड ब्ल्याक लेदर सिट र सेन्टर कन्सोल र डोरमा ब्ल्याक लेदरले मोडिएको आर्मरेस्ट राखिएको छ।

नयाँ कुशाकमा अत्याधुनिक र इफिसेन्ट टिएसआई इन्जिन राखिएको छ। जसले डाइरेक्ट इन्जेक्सन पेट्रोल इन्जिनले इन्धन खपतलाई कम गराउँछ।

३ सिलिन्डर भएको १.० लिटरको टिएसआईले ८५ किलोवाट र १७.८ एनएम टर्क उत्पन्न गर्छ। यसले उत्पन्न गर्ने उर्जालाई फ्रन्ट ह्विलमार्फत ६ स्पिड म्यानुअल गियरबक्स वा न्यु जेनेरेसन ६ स्पिड अटोमेटिक ट्रान्समिसनमा सम्प्रेषण गरिन्छ।

नयाँ कुशाक दुई आधुनिक इन्फोटेन्मेन्ट सिस्टमको अप्सनसहित उपलब्ध छ। यी दुवैले स्मार्टलिंक टेक्नोलोजीमार्फत स्मार्टफोनसँग कनेक्ट गर्छ। एम्बिसन र स्टाइल ट्रिममा २५.४ सेन्टिमिटरको टचस्क्रिन छ। एक्टिममा १७.७८ सेन्टिमिटरको टचस्क्रिन छ।

यो इन्फोटेन्मेन्ट सिस्टममा डुअल ट्युनर, वाइफाइ हटस्पट, ह्यान्डफ्रि फोन कलका लागि एक्सटरनल माइक्रोफोन, भ्यालेट मोड र वायरलेस स्मार्टलिंक हुनेछ। कुशाकमा ६ वटा स्पिकर हुनेछ जसले गुणस्तरीय आवाजको ग्यारेन्टी गर्ने कम्पनीको भनाइ छ।

कुशाक इलेक्ट्रोनिक स्ट्याबिलिटी कन्ट्रोल स्ट्यान्डार्ड भएको सेग्मेन्टकै पहिलो एसयुभी हो। साथै यसमा रोल ओभर मिटिगेसन र मल्टि कोलिजन ब्रेकिङ पनि रहेको छ। साथै हिल होल्ड कन्ट्रोल र टायर मनिटरिङ सिस्टमले यात्रालाई आरामदायी बनाउँछ।

६ वटा एअर ब्याग र सबै पाँच सिटका लागि थ्रि प्वाइन्ट सिट बेल्ट र हाइट एड्जस्टेबल हेडरेस्ट पनि यसमा रहेको छ। बच्चाहरुको सुरक्षाका लागि यसमा आइसोफिक्स र टप टेदर एन्कर रहेको छ।

यसमा पार्किङ सेन्सर र रियर भ्यु क्यामेरा पनि छ। साथै एबिएस, इबिडी, एक्सडीएससहितको इडीएस, एचबिभी र बीएसडब्लु जस्ता ब्रेकिङ फिचर छन्।

कुशाकको सुरुवाती मूल्य ४९ लाख ९० हजार रुपैयाँ तोकिएको छ।

नेपाली बजारमा कुशकको मूल्य 

भेरियन्ट मूल्य -नेरु)
एक्टिभ एमटी ४९,९०,०००
एम्बिसन एमटी ५३,९०,०००
एम्बिसन एटी ५८,९०,०००
स्टाइल एमटी ६०,९०,०००
स्टाइल एटी ६५,९०,०००

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment