+
+

७० हजार कार्यकर्तालाई कोरोना नियन्त्रणमा खटाउँदै चीन

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन २९ गते १७:३०

२९ साउन, काठमाडौं । चीनले कम्युनिष्ट पार्टीका ७० हजार कार्यकर्तालाई कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणको लागि खटाउने निर्णय गरेको छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार पूर्वी चीनको जियाङ्सु प्रान्तको यान्झोउ सहरमा पछिल्लो समय कोरोना संक्रमण बढेसँगै उक्त सहरमा पार्टीका कार्यकर्ताहरुलाई खटाउन लागिएको हो । अहिले परिचालन गर्न लागिएका मानिसहरुले क्वारेन्टिनमा बासेका मानिसलाई सहयोग गर्नेछन् ।

बिहीबार यान्झोउ सहरका उप-प्रिमियर सुन चुन्लानले अझै पनि सहरमा संक्रमण नियन्त्रणमा नआएको बताएका छन् । उनले सकेसम्म छिटो उक्त सहरमा संक्रमण नियन्त्रण गर्नेतर्फ प्रयास सुरु गर्नुपर्ने बताएका छन् ।

यान्झोउ सहरमा कोरोना संक्रमण बढेसँगै उक्त सहरका आठ अधिकारीमाथि अनुसन्धान गरिएको छ र उनीहरुलाई राम्रो व्यवस्थापन गर्न नसकेको भन्दै चेतावनी दिइएको छ ।

चीनमा जुलाईको अन्तिमयता ६० भन्दा धेरै अधिकारी कोरोना संक्रमण नियन्त्रण गर्न नसकेको भन्दै कारबाही, अनुसन्धान वा चेतावनीमा परेका छन् ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?