+
+

काबुलमा तालिबान छिरेसँगै राष्ट्रपति घानीले बोलाए आपतकालीन बैठक

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन ३१ गते १६:०९

३१ साउन, काठमाडौं । अफगानिस्तानको राजधानी शहर काबुलमा तालिबानका लडाकु छिरेसँगै राष्ट्रपति असर्फ घानीले आपतकालीन बैठक बोलाएका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उनले अहिले अमेरिकी विशेष दूत जाल्मे खलिलजाद र शीर्ष नेटोका अधिकारीसँग वार्ता गरिरहेका छन् । यसअघि शनिबार घानीले एक वक्तव्य जारी गर्दै मुलुक गम्भीर खतरामा रहेको बताएका थिए ।

घानीले अफगानिस्तानको सुरक्षालाई सशक्त बनाउने र सेनालाई संगठित गर्ने प्रयास भइरहेको बताएका थिए । तालिबानले मुलुकका अधिकांश क्षेत्रलाई कब्जामा लिएसँगै राष्ट्रपति घानीमाथि राजीनामा दिन दबाब बढेको छ ।

अमेरिकाले आफ्ना नागरिकको सुरक्षाको लागि थप पाँच हजार सेना काबुल पठाएको छ । त्यस्तै उसले आफ्ना नागरिक र दूतावासका कर्मचारीको पनि काबुलबाट हेलिकप्टरबाट उद्धार गरिरहेको छ ।

यसैबीच तालिबानले भने आफ्ना लडाकुहरुलाई काबुल नछिर्न निर्देशन दिइएको दाबी गरेको छ । तालिबानले एक वक्तव्य जारी गर्दै आफ्ना लडाकुलाई काबुलको गेटमा नै बस्न निर्देशन दिइएको बताएको छ । काबुल घना बस्ती भएको क्षेत्र भएकाले आम नागरिकको सुरक्षालाई ध्यानमा राख्दै लडाकुहरुलाई बाहिरै बस्न निर्देशन दिइएको तालिबानको दाबी छ ।

तालिबानले अहिले सत्ता शान्तिपूर्णरुपमा हस्तान्तरणको लागि वार्ता भइरहेको बताएको छ । यद्यपि काबुलको धेरै क्षेत्रमा तालिबानको झण्डा देखिएको र तालिबानका लडाकुहरु पनि सडकमा देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । केही क्षेत्रमा गोली चलेको आवाज सुनिएको पनि समाचारमा उल्लेख छ ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?