+
+

सप्तरीमा थप दुई जना कोरोना संक्रमितको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन ३१ गते १९:०२

३१ साउन, जनकपुरधाम । सप्तरीमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । होम आइसोलेसनमा बसेका एक संक्रमितको मृत्यु भएको छ भने बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा अर्का संक्रमितको मृत्यु भएको हो ।

मृत्यु हुनेमा सुरुंगा नगरपालिका–२ का ५८ वर्षीया महिला र विष्णुपुर गाउँपालिका–६ का ६० वर्षीय पुरुष छन् ।

बिरामी भएर उपचारका लागि धरान गएका विष्णुपुर गाउँपालिकाका पुरुषमा शनिबार कोरोना संक्रमण पुष्टि भएको थियो । आइसोलेसनमा राखेर उनको उपचार गरिरहेकै क्रममा आइतबार मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

यस्तै, २५ साउनमा संक्रमित भएर होम आइसोलेसनमा बसेको बेला सुरुंगाकी महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । योसँगै सप्तरीमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १५२ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?