Comments Add Comment

अर्थ-वार्ता

List Grid
‘आत्तिनु पर्दैन, अप्ठ्यारो परे प्याकेज ल्याउछौं’

कोरोना भाइरसबाट जोगिन सरकारले स्कूल, कलेज, फिल्म हलहरु बन्द गर्नुका साथै अत्यावश्यक बाहेक घरबाट बाहिर ननिस्कनसमेत आग्रह गरेको छ । यसको असर मुलुकको समग्र अर्थतन्त्रमा पर्न थालेको छ । समस्यामा परेको भन्दै सहुलियत माग्न थालेका निजी क्षेत्र समस्या परे भोलि बैंकिङ क्षेत्र पनि डुब्नसक्छ । बुधबारबाट कायममुकायम गभर्नरको जिम्मेवारी पाएका चिन्तामणि शिवाकोटी अर्थतन्त्रमा गम्भीर समस्या […]

‘कोरोनाबाट अर्थतन्त्रलाई जोगाउन अर्को कमिटी बनाऔं’

४ चैत, काठमाडौं । कोरोनाकै कारण विश्व अर्थतन्त्रमा यस वर्ष गिरावट आउने पक्का छ । विश्वमा संक्रमण फैलिरहँदा नेपालको पर्यटन व्यवसाय ठप्प प्रायः बनिसकेको छ । नेपाल सरकारले विदेश जानेहरुका लागि श्रम स्वीकृति रोकिदिएको छ । यसबाट अर्थतन्त्रको टेकोको रुपमा रहेको रेमिट्यान्स घट्ने पक्का भएको छ । भाइरसको असर बैंकिङ क्षेत्रमा पनि पर्न थालेको छ […]

ट्याक्सी चालकका नेता भन्छन्- सैद्धान्तिक रुपमा ट्याक्सी मिटरमै हिँड्छ

२८ फागुन, काठमाडौं ।  राजधानीमा सञ्चालित भाडाका ट्याक्सीहरु किन मिटरमा नचलाएको भनेर प्रश्न गर्दा ट्याक्सी व्यवसायीका जिम्मेवार नेता सिद्धान्ततः ट्याक्सी मिटरमै चल्ने गरेको बताउँछन् । उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजका केन्द्रीय नेता विष्णु चौहानले सरकारले नै यो व्यवसायलाई स्वच्छ बन्न नदिएको गुनासो गरे । सरकारले ७ वर्षसम्म भाडा समायोजन नगरेकाले यो व्यवसाय बदनाम […]

‘कोरोना भाइरस महामारी बनेमा बीमा कम्पनी डुब्न सक्छन्’

२८ फागुन, काठमाडौं । चीनबाट फैलिएको कोरोना भाइरसले विश्वभरका मानिसलाई त्राहिमाम् पारिरहँदा अर्थतन्त्र अछुतो रहने कुरै भएन । अर्थतन्त्रका अवयवभित्र पनि बिमितहरु संक्रमित भए उपचार खर्च र मृत्यु भए बीमा रकम दिनुपर्ने भएकाले बीमा क्षेत्र विशेष चिन्तामा छ । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराई करिब ८० लाख बिमित रहेका नेपालमा कोरोना […]

अमेरिकाले एमसीसीमा नेपाललाई किन रोज्यो ?

 माघ, टेक्सास (अमेरिका) । नेपालमा राष्ट्रिय बहसको विषय बनेको र सत्तारुढ नेकपामा प्रष्ट दुई धार ल्याइदिएको अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) मा नेपाल कसरी जोडियो ? यो प्रश्नको उत्तर खोज्दै जाँदा आउने पात्रको नाम हो– डा. शंकर शर्मा । शर्मा अमेरिकाका लागि नेपाली राजदूत भएकै बेला नेपालले एमसीसी सहायताको अनुरोध गरेको थियो । एमसीसीको शुरुवाती […]

मुटुको कुरो सुनेका व्यवसायी भन्छन्– प्रधानमन्त्री सकारात्मक, तर कामै हुँदैन !

७ माघ, काठमाडौं । सरकारले प्रभावकारी काम गर्न नसकेको गुनासो पत्रकारले मात्र होइन, उद्योगी–व्यवसायीले पनि गरिराखेकै छन् । अघिल्लो साता बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पादकको मुटु छैन भनिरहँदा नेपाल चेम्बर अफ कमर्सका व्यवसायीले पनि सरकारको प्रशंसा गर्ने मुटु भएको छनक दिएनन् । ‘प्रधानमन्त्रीज्यू सधैं सकारात्मक हुनुहुन्छ, तर निजी क्षेत्रको हितमा किन काम हुँदैन ? […]

‘निक्षेपको व्याजदर घटाउने हिम्मत आइसकेको छैन’

६ माघ, काठमाडौं । गत वर्ष लगानीयोग्य पुँजीको अभाव हुँदा बैंकहरूले माग भएअनुसार कर्जा लगानी गर्न सकेनन् । हरेक वर्ष दशै–तिहारलगत्तै देखिने तरलता अभाव यस वर्ष भने देखिएन । बैंक तथा वित्तीय संस्थाहरूमा कर्जाको माग बढे पनि वृद्धिदर खुम्चियो । नेपाल राष्ट्र बैंकले जारी गरेका पछिल्ला केही नीतिहरूका कारण बैंक तथा वित्तीय संस्थामा कर्जाको माग […]

‘राजस्व छल्ने साना ठूला कसैलाई छाडिन्न’

अर्थ मन्त्रालय मातहत रहेको राजस्व अनुसन्धान विभागलाई वर्तमान सरकार गठन भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत ल्याइयो । विभागलाई कानूनी तथा साङ्गठानिकरुपमा समेत थप सवल बनाइयो । जसका कारण पछिल्ले पटक डेढ वर्षका अवधिमा रु १५ अर्ब कर छली गरेको अभियोगमा ५०६ व्यवसायीविरुद्ध मुद्दा दायर गरिएको छ । यसै सन्दर्भमा रहेर विभागका महानिर्देशक दीर्घराज मैनालीसँग […]

संघीयता निजी क्षेत्रलाई महंगो भयो

२८ पुस, काठमाडौं । अर्थतन्त्र समस्याग्रस्त हुँदा त्यसको प्रत्यक्ष असर निजी क्षेत्रलाई पर्छ । नेपालमा व्यवसायिक वातावरण नभएको र सरकारी नीति नियमले स्वदेशी उद्योगीलाई संरक्षण नगरेको गुनासो निजी क्षेत्रले पहिल्यैदेखि गर्ने गरेको छ । विगतमा माओवादी जनयुद्ध र लोडसेडिङले स्वदेशी उद्योगहरु धराशायी बनायो । अहिले दुवै समाधान भएर राहत मिलेको छ, तर पनि उद्योगधन्दाहरु माथि […]

आर्थिक–सामाजिक क्षेत्रमा ‘गेम चेञ्ज’ हुँदैछ

२६ पुस, काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले देशको समग्र आर्थिक सूचकहरु स्वस्थकर रही देशको अर्थतन्त्र सही ‘ट्र्याक’मा अगाडि बढेको बताएका छन् । सङ्घीयता कार्यान्वयन सफलतातर्फ उन्मुख भएको र छोटो समयमै वित्तीय सङ्घीयताका विषयमा देखिएका अस्पष्टता ‘क्लियर’ भई कार्यान्वयन हुन थालेको उनले सुनाए । अर्थमन्त्री डा खतिवडाले देशको समग्र क्षेत्र नयाँ चरणमा प्रवेश गरेको भन्दै […]

‘जनता खरायोको गति चाहन्छन्, देश हात्तीको चालमा छ’

हरेक सरकार आएपिच्छे परिवर्तन नेतृत्व परिवर्तन हुने संस्था हो राष्ट्रिय योजना आयोग । देशका विकास–निर्माण योजना तय गर्ने महत्वपूर्ण जिम्मेवारी रहेको आयोगको नेतृत्वमा अहिले डा. पुष्पराज कँडेल छन् । अहिले आँकडाहरु हेर्दा अर्थतन्त्र स्वस्थ देखिए पनि व्यवहारमा त्यस्तो नभएको भन्ने बुझाई छ । आयोगका उपाध्यक्ष कँडेल पनि यसमा आंशिक सहमत देखिन्छन् । यद्यपि, अहिले अर्थतन्त्रले […]

‘खेतीभन्दा दुःखी पेशा अरु छैन’

२० पुस, काठमाडौं । सर्लाहीको हरिवन–६ कपिलमुनी मैनाली नेपाल उखु उत्पादक महासंघका अध्यक्ष हुन् । राजनीतिक दलैपिच्छे भ्रातृ संगठन खोलेको भए पनि उखु उत्पादक महासंघ राजनीतिक दल सम्बद्ध संगठन नभई किसानको हकहितका लागि लड्ने नेतृत्वदायी संगठन भएको मैनालीको दाबी छ । तराईमधेसका १७ जिल्लामा व्यवसायिक उखु खेती हुन्छ । १४ वटा उखु मिल छन् र, […]

‘भारतको खाँदा नेपालको चिनी बिकेन’

१८ पुस, काठमाडौं । चिनी उद्योगमा यतिबेला किसान र उद्योगपतिबीच वर्गसंघर्ष चलिरहेको छ । दुई सातायता उखु किसानका धेरै गुनासाहरु मिडियामा आइरहेका छन् । किसानको उखु पेलेर पैसा नतिरेका उद्योगपतिहरु भागाभाग गरिरहेका छन् । यहीबेला हामीले नेपाल चिनी उद्योग संघका नेतालाई फेला पारेका छौं । शशिकान्त अग्रवाल दुईवटा सुगर मिलका सञ्चालक मात्र होइनन्, उनी चिनी […]

स्वाद, अल्कोहल र मूल्यका हिसावले ‘अर्ना एइट’ फुल प्याकेज : केसी

यति ब्रुअरी प्रालिले हालसालै अर्ना-एइट (८) लाई बजारमा ल्याएको छ । नेपाली बजारका लागि आवश्यक र उपयुक्त भन्दै कम्पनीले ल्याएको यो बियर नेपालभर नै उपलब्ध हुन थालेको छ । ८ प्रतिशत अल्कोहलसहितको यो बियर नेपालकै अहिलेसम्मकै सबैभन्दा बढी अल्कोहल राखिएको वियर हो । किन कम्पनीले यो किसिमको बियर बजारमा ल्यायो त ? यस विषयमा हामीले […]

‘नेपाल एयरलाइन्समा मेजर अप्रेसन गर्नुपर्छ, उपयुक्त मौकाको प्रतिक्षामा छु’

१४ पुस, काठमाडौं । नेपाल भ्रमण वर्षको औपचारिक उदघाटनको तयारीमा जोडतोडले चलिरहेको छ । र, भ्रमण वर्षको मुख्य तयारी संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गरिरहेको छ । आइतबार अपराह्न मन्त्रालयमा पुग्दा मन्त्री योगेश भट्टराई मन्त्रीमा व्यस्त थिए । पछिल्लो दुई साता उनी एकपछि अर्को मिटिङमा व्यस्त छन् । त्यही व्यस्तताका बीच छोटो समय निकालेका […]

‘संख्या प्राथमिक होइन, नेपाललाई खर्चालु पर्यटक चाहिन्छ’

१३ पुस, काठमाडौं । हामी नेपाल भ्रमण वर्ष २०२० को संघारमा छौं । २० लाख पर्यटन भित्र्याउने लक्ष्यका साथ भ्रमण वर्ष सुरु गर्दा दीपकराज जोशी, नेपाल पर्यटन बोर्डको कार्यकारी अधिकृत (सीईओ) थिए । भ्रमण वर्षको औपचारिक उदघाटनको केही दिन पहिले चार वर्षे कार्यकाल पूरा गरेर विदा भए । समग्रमा नेपाल भ्रमण वर्षको तयारी कस्तो छ, […]

बिमा समितिका अध्यक्ष भन्छन् : बिमा पुलले विकृति हटायो

९ पुस, काठमाडौं । विभिन्न देशमा रोजगारीका लागि जानेहरुलाई सरकारले वैदेशिक रोजगार (म्यादी) बिमा अनिवार्य गरेको छ । यसले गर्दा बिमा कम्पनीहरुका लागि यो बिमा आम्दानीको राम्रो श्रोत भनेको छ भने विदेश जानेका परिवारले पनि सुरक्षित महसुस गर्न थालेका छन् । तर, यस्तो कार्यक्रमले विदेश जाने युवाहरुलाई झण्झट र आर्थिक दायित्व थपेको भनेर आलोचना पनि नभएको […]

‘कृषिमा लगानी कम भयाे, नीति परिवर्तन आवश्यक छ’

नेपालमा तीन दशक अघि सुरु भएको लघुवित्तको अवधारणा अहिले गाउँगाउमा अभ्यासमा छ । बिकट क्षेत्रमा ठूला बैंकहरुको अनुपस्थितिले यो अभ्यासलाई अनुकुलता दिएको छ । बिकटका विपन्न वर्गमा लगानी गर्नकै लागि नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको वित्तीय संस्थाको इजाजत लिएर कारोबार गरेका लघुवित्त संस्थाहरुको संख्या अहिले सय नजिक पुगेको छ । यी संस्थाहरुले बिकटका गाउँमा गएर […]

‘भुक्तानी प्रणालीको चुस्ततामा नेपाल धेरै अगाडि बढिसक्यो’

नेपालमा कुनै बेला चेक क्लियरिङ (एक बैंकको चेक अर्को बैंकको खातामा जम्मा) हुन महिना दिनसम्म कुर्नुपर्ने बाध्यता थियो । चेक क्लियरिङ गर्ने काम नेपाल राष्ट्र बैंककै एउटा युनिटभित्र हुने गर्थ्यो । १० वर्षअघि नेपाल क्लियरिङ हाउस लिमिटेड स्थापना गरियो । यसको डिजिटल प्रणालीले चेक क्लियरिङ एकै दिनमा हुनसक्ने बनाएको छ । बैंक तथा वित्तीय संस्थाहरु […]

‘काठमाडौंमा मेट्रोरेल अपरिहार्य छ, मोनोरेलबाट महानगर ब्याक हुनैपर्छ’

१३ कात्तिक, काठमाडौं । २ वर्षअघि स्थानीय तहको निर्वाचनको माहोल तात्दै गर्दा काठमाडौंमा निकै बहसको विषय बनेको थियो, रेल सञ्चालन । सबैजसो पार्टीहरुले आफ्नो चुनावी एजेन्डामा मेट्रा/मोनो रेललाई समावेश गरेका थिए । तर, अहिले त्यो चर्चा सेलाइसकेको छ । यद्यपि, महानगर भने भित्रिभित्रै काम भने भइरहेको बताउँछ । काठमाडौंमा मोनो रेल गुडाउने भन्दै काठमाडौं र […]

‘बैंकिङ प्रविधि सुरक्षित छ, शंका गर्नु पर्दैन’

२४ भदौ, काठमाडौं । केही साताअघि काठमाडौंका विभिन्न स्थानका एटीएमबाट रकम चोरी गरेका चारजना चिनियाँ नागरिक पक्राउ परे । त्यसपछिको प्रहरी अनुसन्धानका क्रममा अर्का एक चिनियाँ र तीन नेपाली समातिए । यो समूहले बिभिन्न बैंकका अटोमेटेड टेलर मिसिन (एटीएम)को सिस्टम ह्याक गरेर तीन करोड ५८ लाख ८४ हजार २० रुपैयाँ निकालेको अनुसन्धानबाट खुल्यो, जसमध्ये एक […]