Comments Add Comment

एमाले

List Grid
एमालेका दुई समूह मिले हामीलाई आपत्ति छैन

६ जेठमा सर्वोच्च अदालतले गैरसांसद सात मन्त्रीलाई पदमुक्त गर्ने आदेश दियो । यससँगै एकीकृत माओवादी केन्द्रबाट नेकपा एमाले गएका गृहमन्त्री रामबहादुर थापा बादल, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योगमन्त्री लेखराज भट्ट, शहरी विकास मन्त्री प्रभु साह, श्रममन्त्री गौरीशंकर चौधरी, खानेपानी मन्त्री मणि थापा र खेलकुद मन्त्री दावा लामा पदमुक्त भए । यस बीचमा संसद विघटन भएको छ, […]

एमाले जनसंगठनहरुको चेतावनी- सडकबाटै न्याय दिउँला जस्तो गरी वक्तव्यबाजी नहोस्

१९ जेठ, काठमाडौं । प्रतिनिधिसभा विघटनबारे सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई लिएर वक्तव्यवाजी नगर्न नेकपा एमालेका जनसंगठनहरुले चेतावनी दिएका छन् । १६ जनसंगठनका प्रमुखहरुले संयुक्त वक्तव्य जारी गर्दै अदालतमा विचाराधीन मुद्दालाई प्रभाव पार्ने बदनियत राखेर वक्तव्यबाजी गरिएको भन्दै निन्दा प्रकट गरेका छन् । ‘…सम्मानित सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई प्रभावित समेत गर्ने बदनियत राखी वक्तव्यबाजी गर्ने कार्यको […]

सुर्खेतमा नेपाल समूहले बनायो एमालेको समानान्तर कमिटी

१५ जेठ, सुर्खेत । नेकपा (एमाले) को माधव कुमार नेपाल समूहले सुर्खेतमा पनि समानान्तर कमिटी गठन गरेको छ । पार्टीका सचिव मोहनसिंह बडुवालको अध्यक्षतामा २२७ सदस्यीय जिल्ला कमिटी गठन गरेको हो । शुक्रबार साँझ गठन भएको कमिटीको उपाध्यक्ष टोपबहादुर रास्कोटी, सचिव शिवप्रसाद उपाध्याय र उपसचिव बलबहादुर नेपाली रहेका छन् । लामो समयदेखि नेपाल समूहमा रहेका […]

एमाले सुदूरपश्चिम संसदीय दलको बैठक शुरु

१२ जेठ, धनगढी । सुदूरपश्चिम प्रदेश सभाको एमाले संसदीय दलको बैठक शुरु भएको छ । मंगलबार आपसी विवादका कारण बस्न नसकेको बैठक बुधबार बिहान साढे नौ बजेबाट शुरु भएको हो । बैठकमा २० जना प्रदेश सभा सदस्य सहभागी भएका छन् । सुदूरपश्चिम प्रदेश सभामा एमालेको तर्फबाट सभामुख सहित कुल २५ सदस्य रहेकोमा बैठकमा ४ जना […]

एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक बस्दै

११ जेठ, धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक बोलाइएको छ । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको भोलिपल्ट बस्न लागेको संसदीय दलको बैठकलाई चासोका साथ हेरिएको छ । आन्तरिक मामिला तथा कानूनमन्त्री समेत रहेका संसदीय दलका नेता प्रकाश बहादुर शाहले मंगलबार संसदीय दलको बैठक बोलाएका […]

ओलीले बोलाए एमाले स्थायी कमिटी बैठक

१० जेठ, काठमाडौं । नेकपा एमालेको स्थायी कमिटीको बैठक बस्दैछ । पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारस्थित निवासमा सोमबार दिउँसो १२ बजेपछि स्थायी कमिटी बैठक बोलाएका हुन् । बैठकमा चुनावको घोषणाविरुद्ध विपक्षी गठबन्धनको कसरत र पार्टीको आन्तरिक विवादबारे छलफल हुने एक नेताले बताए । यसअघि ८ जेठमा बसेको स्थायी कमिटीले माधव नेपाल पक्षका […]

माधव नेपालसहित एघार जनालाई एमालेको तीन प्रश्न

९ जेठ, काठमाडौं । नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपाल सहित एघार जनालाई २४ घण्टे स्पष्टीकरण पत्र पठाएको छ । केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले २४ घण्टाभित्र स्पष्टीकरण दिन पत्र पठाएका हुन् । स्पष्टीकरण पत्रमा तीन प्रश्न सोधिएको छ । पहिलो, २७ वैशाखको प्रतिनिधिसभा बैठकमा अनुपस्थित रहनुको कारण ? एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी […]

विश्‍वासको मत : एमालेको सहमति नभत्किए जसपा निर्णायक

५ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाबाट विश्वासको मत लिने पहल थालेका छन् । यसका लागि उनी एमालेभित्रको विवाद मिलाउन र जनता समाजवादी पार्टी (जसपा)लाई साथमा लिने प्रयन्तमा छन् । एमालेको आन्तरिक विवाद समाधान उन्मुख रहेको बताउँछन् एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ । कार्यदलले पार्टीभित्रका सबै खाले समस्याको समाधान निकाल्ने नेता नेम्वाङले […]

एमाले कार्यदलको बैठक बस्दै

४ जेठ, काठमाडौं । नेकपा एमालेभित्र जुटेको सहमति कार्यान्वयनको मापदण्ड तय गर्न कार्यदलको बैठक आज बस्दैछ । दिउँसो तीन बजे सिंहदरबारमा बैठक बस्ने कार्यदलका सदस्य सुवास नेम्वाङले बताए । २ जेठमा बनेको कार्यदलको यो पहिलो बैठक हो । उनी अध्यक्ष केपी शर्मा ओली तर्फका कार्यदल संयोजक समेत हुन् । वरिष्ठ नेता माधवकुमार नेपालका तर्फबाट भीम […]

जेठ २ मा फर्किने सहमति कार्यान्वयन गर्न एमालेमा बन्यो कार्यदल

२ जेठ, काठमाडौं ।सत्तारूढ  नेकपा एमालेमा २०७५ जेठ २ मा फर्किने सहमति कार्यान्वयनका लागि कार्यदल बनेको छ । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आइतबार भएको भेटले दुबै पक्षका ५/५ नेता रहेको कार्यदल बनाएको छ । कार्यदलमा अध्यक्ष ओली पक्षको तर्फबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल […]

एमाले वार्ता : जेठ २ मा फर्किन ओली सहमत

३१ वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जेठ २ (माओवादी केन्द्रसँग पार्टी एकता गर्नुअघिको अवस्था) मा फर्किन सहमत भएका छन् । बिहीबार भएको वार्ता सकारात्मक भएपछि अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपाल आ–आफ्नो पक्ष नेताहरुसहित शुक्रबार फेरि वार्तामा बसेका थिए । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको वार्तामा अध्यक्ष ओली, नेपाल समूहको मागअनुसार […]

ओली र नेपाल सहमति नजिक, सांसदहरुको राजीनामा तत्काललाई टर्‍यो

३० वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाल सहमति नजिक पुगेका छन् । र माधवकुमार नेपाल पक्षका सांसदले दिने भनिएको राजीनामा तत्काललाई टरेको छ । दुई नेताबीच चपलीस्थित व्यवसायी रामेश्वर थापाको घरमा साढे चार घण्टा छलफलमा  नेता नेपालले ६ वैशाखमा अघि सारेको ६ बुँदे प्रस्तावमाथि छलफल भएको थियो । […]

चार नेतामाथि गरिएको कारबाही फिर्ता लिने एमालेको निर्णय

३० वैशाख, काठमाडौं । नेकपा एमालेले चार नेतामाथि गरेको कारबाही फिर्ता लिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेमाथि गरिएको कारबाही फिर्ता लिने निर्णय गरेको हो । पार्टी एकतालाई ध्यानमा राखेर यो निर्णय लिइएको स्थायी कमिटी सदस्य विष्णु रिमालले जानकारी दिएका छन् । पुनस्थापित एमालेका अध्यक्ष […]

ओलीले विश्वासको मत प्राप्त गर्ने गरी अघि बढ्ने एमालेको निर्णय

२३ वैशाख, काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको विशेष अधिवेशनमा विश्वासको मत प्राप्त गर्ने गरी सबै दलहरुसँगको छलफललाई निरन्तरता दिने निर्णय गरेको छ । बालुवाटारमा विहीबार विहान बसेको स्थायी कमिटी बैठकपछि एमाले नेता प्रदीप कुमार ज्ञवालीले यो जानकारी दिएका हुन् । प्रधानमन्त्री ओलीले यही वैशाख २७ गते संसदको विशेष अधिवेशनमा विश्वासको मत […]

एमालेको समस्यामा परको साथीको ‘दिलचश्पी’ देखियो : कँडेल

३ वैशाख, सुर्खेत । कर्णाली प्रदेशमा नेकपा एमाले संसदीय दलका नेता यमलाल कँडेलले आफ्नो दलको समस्यामा रूची नदेखाउन अन्य दललाई आग्रह गरेका छन् । प्रदेशसभा अधिवेशनको पहिलो दिनको बैठकलाई सम्बोधन गर्दै एमाले संसदीय दलका नेता कँडेलले आफ्नो पार्टीमा सांगठनिक समस्या रहेको स्वीकार गरे । उनले भने, ‘त्यसमा हाम्रो रूची हुनुपर्ने हो, तर अलि परको साथीको […]

कर्णालीमा मुख्यमन्त्रीविरुद्ध मतदान गर्न सांसदलाई ह्विप जारी गर्दै एमाले

३ वैशाख, सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलको बैठक सुरु भएको छ । दलका नेता यामलाल कँडेलको घरमा बैठक सुरु भएको एमालेका एक सांसदले अनलाइनखबरलाई बताए । बिहीबार नै ११ बजेका लागि बैठक बोलाइएको थियो । बैठकले पार्टीका सांसदलाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध मतदान गर्ने ह्विप जारी गर्ने जनाइएको छ । आज प्रदेशसभा बैठकमा […]

एमाले संसदीय दलको बैठकमा झलनाथ खनाल सहभागी

१३ चैत, काठमाडौं । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको नेकपा एमालेको संसदीय दलको बैठकमा वरिष्ठ नेता झलनाथ खनाल पनि सहभागी भएका छन् । यसअघिको संसदीय दलको बैठकमा सहभागी नभएका उनी २३ फागुनमा सर्वोच्चको फैसलाबाट नेकपा एमाले ब्युँतिएपछि पहिलो पटक बैठकमा सहभागी भएका हुन् । यद्यपि वरिष्ठ नेता माधवकुमार नेपाल भने सहभागी भएका छैनन् । […]

माधव समूहले बनायो अखिलमा समानान्तर कमिटी

११ चैत, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले विद्यार्थीमा पनि समानान्तर कमिटी बनाएको छ । राष्ट्रिय कार्यकर्ता भेला गरेर यो समूहले अनेरास्ववियुमा समानान्तर कमिटी बनाएको हो । समानान्तर अखिलको अध्यक्ष सुदेश पराजुली, सहअध्यक्ष ओसिम आलम र महासचिव आरती लामा चयन गरिएको छ । साविकको एमालेमा तीनैजना सचिव थिए । माधव समूहले अखिल […]

‘पार्टी एकताको पहलमा चियापान’

३ चैत, काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित चियापान समारोहमा सहभागी नेकपा एमालेका केन्द्रीय सदस्यहरुले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकताको पहल सुरु गरेको दाबी गरेका छन् । चियापानमा सहभागी नेकपा (एमाले)का केन्द्रीय सदस्य शेरबहादुर तामाङले एमालेभित्रको विवाद मिलाउन प्रधानमन्त्री ओलीले पहलकदमी सुरु गरेको दाबी गरे । सञ्चारकर्मीसँग कुरा गर्दै उनले अदालतको […]

माओवादी छोडेका सांसद रेग्मीलाई एमालेको प्रदेश सचिव उपहार

२८ फागुन, सुर्खेत । नेकपा माओवादी केन्द्र छाडेका कर्णाली प्रदेश सभा सदस्य धर्मराज रेग्मीलाई एमाले कर्णालीको सचिव पद उपहार दिइएको छ । एमालेको शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकले उनलाई कर्णाली प्रदेश सचिवको जिम्मेवारी दिएको हो । सांसद रेग्मी २०७४ मा भएको निर्वाचनमा माओवादी केन्द्र दैलेखबाट सांसद्मा निर्वाचित भएका थिए । सांसद रेग्मीले केपी ओली र […]

ओलीको कदमपछि माधव नेपाल समूहले बोलायो स्थायी कमिटीको आकस्मिक बैठक

२८ फागुन, काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल समूहले स्थायी कमिटीको आकस्मिक बैठक बोलाएका छन् । अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार महासचिवबाहेकका पदाधिकारीहरु हटाउने, आफ्ना समूहका नेताहरुको जिम्मेवारी खोस्ने र एकतर्फी रुपमा गरेको महाधिवेशनको मिति घोषणापछि खनाल-नेपाल समूहले आकस्मिक स्थायी कमिटी बैठक बोलाएको हो ।