Comments Add Comment

एमाले

List Grid
फ्लोर क्रस गर्ने कर्णालीका ४ सांसदलाई एमालेले गरेको कारबाही सदर

१८ साउन, कामठाडौं । ह्विप उल्लंघन गरेको आरोपमा नेकपा एमालेले कर्णालीका चार सांसदलाई गरेको कारबाहीलाई सर्वोच्च अदालतले प्रारम्भिक रुपमा सदर गरेको छ । गत वैशाख ३ गते एमालेको संसदीय दलको निर्णय विपरीत मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई मत दिएका प्रकाश ज्वाला, नन्दसिंह बुढा, अम्मरबहादुर थापा र कुर्मराज शाहीलाई एमालेको दशौं महाधिवेशन आयोजक समितिले गरेको निष्कासनको कारबाहीलाई प्रधानन्यायाधीश […]

एमाले अध्यक्ष ओलीले बोलाएको स्थायी कमिटी बैठक स्थगित

१६ साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बोलाएको स्थायी कमिटी बैठक स्थगित भएको छ । शनिबार दिउँसो ३ बजेका लागि बोलाइएको बैठक बस्दै नबसी स्थगित भएको हो । अध्यक्ष ओलीनिकट एक नेताका अनुसार विघटित कार्यदलले पार्टीको दुई पक्षबीच सहमति जुटाउन पहल गरिरहेको सहमतिका लागि केही समय मागेपछि बैठक स्थगित भएको हो । […]

एमालेको १०बुँदे सहमति संकटमा

३० असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नै पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई गम्भीर आरोप लगाएका छन् । सर्वोच्च अदालतको परमादेशसँगै पदच्यूत भएर बालुवाटारबाट बालकोट फर्किएका ओलीले नेता नेपाललाई गद्दार भनेका छन् । ‘पछाडि (माधव नेपाल निकटहरु) लाग्नेहरुको सन्दर्भमा उहाँहरुले कमीकमजोरी महसूस गरेर पार्टीमा आएर काम गर्न चाहनुहुन्छ भने उहाँहरुलाई मौका दिन्छौं […]

१० बुँदेको मर्म : हस्ताक्षर फिर्ता हुन्न, फैसलापछि एमाले एकठाउँमा हुन्छ

२७ असार, काठमाडौं । प्रतिनिधिसभा विघटनको मुद्दामा सर्वोच्च अदालतले फैसला सुनाउने अपेक्षा गरिएको दिन २८ असारको अघिल्लो साँझ सत्तारुढ नेकपा एमालेको विवाद टुंगिएको छ । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरु रहेको कार्यदलले १०बुँदे सहमति जुटाएको छ । यो सहमतिले आफूहरुले उठाउँदै आएको ६बुँदे माग पूरा भएको नेपाल पक्षका नेता […]

ओलीको अल्टिमेटम : अदालततिर हेरेर चालेको कदम

१८ असार, काठमाडौं । दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज गरेर केन्द्रीय कमिटीमा फर्किएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतमा विचाराधीन मुद्दाबाट हस्ताक्षर फिर्ता दिन निर्देशन दिएका छन् । सोमबार साँझ ५ बजेसम्म माधवकुमार नेपाल पक्षका २३ निवर्तमान सांसदको हस्ताक्षर फिर्ता नभए पार्टी फुटको घोषणा हुने उनको दाबी छ । प्रधानमन्त्री समेत रहेका […]

सर्वोच्चमा विचाराधीन मुद्दाबाट दुई दिनभित्र हस्ताक्षर फिर्ता लिन एमालेको निर्देशन

१८ असार, काठमाडौं । नेकपा एमालेले आफ्ना २३ निवर्तमान सांसदलाई सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा प्रयोग भएको हस्ताक्षर दुई दिनभित्र फिर्ता लिन निर्देशन दिएको छ । दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज गरेर शुक्रबार बोलाएको केन्द्रीय कमिटी बैठकले हस्ताक्षर फिर्ता गर्न निर्देशन दिने प्रस्ताव पारित गरेको हो । राष्ट्रपतिले संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्तिका लागि […]

बालुवाटार निर्णय : नाम फेरियो, संरचना कायमै

१६ असार, काठमाडौं । पार्टी एकताको प्रयास जारी रहँदा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुधबार दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज गरेका छन् । अब १८ असारमा केन्द्रीय कमिटीको बैठक बस्ने जानकारी दिइएको छ । बालुवाटारमा बसेको यो बैठकमा अध्यक्ष ओलीले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको अस्तित्व नरहेपछि यसले गरेका कारबाही पनि स्वतः निष्प्रभावी […]

एमाले नेता नेपाल र गुरुङबीच चार घण्टा छलफल

१५ असार, काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपाल र नेता पृथ्वीसुब्बा गुरुङबीच भेटवार्ता भएको छ । मंगलबार अपराह्न बालुवाटारमा अध्यक्ष केपी शर्मा ओली पक्षीय नेताहरु मात्र रहेको स्थायी कमिटी बैठक बस्नु अघि गुरुङ, नेता नेपालको निवास कोटेश्वर पुगेका थिए । दुई नेताबीच झण्डै चार घण्टा कुराकानी भएको थियो । ‘पार्टीलाई कसरी एकताबद्ध बनाउने भन्ने विषयमा […]

जेठ २ मा फर्किने एमाले स्थायी कमिटीको निर्णय

१५ असार, काठमाडौं । नेकपा एमालेले जेठ २ मा फर्किने निर्णय गरेको छ । अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरु मात्र रहेको स्थायी कमिटीको मंगलबार बसेको बैठकले आगामी बिहीबार एकतापूर्वको केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको हो । यसबारे भोलि बोलाइएको दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठकले निर्णय गर्ने एक नेताले बताए । ‘सर्वोच्च अदालतका […]

एमालेले भन्यो : वैद्यको अभिव्यक्ति आपराधिक

२९ जेठ, काठमाडौं । नेकपा एमालेले वाग्मती प्रदेश सभा सांसद नरोत्तम वैद्यको अभिव्यक्तिको भर्त्सना गरेको छ । शनिबार पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्ने बारे दिएको अभिव्यक्तिलाई अत्यन्त गम्भीर रुपमा लिएको जनाएको छन् । ‘प्रधानमन्त्रीको हत्याका लागि अरुलाई समेत दुरुत्साहन गर्ने र आवश्यक परे आफै पनि हत्याका लागि […]

एमालेका दुई समूह मिले हामीलाई आपत्ति छैन

६ जेठमा सर्वोच्च अदालतले गैरसांसद सात मन्त्रीलाई पदमुक्त गर्ने आदेश दियो । यससँगै एकीकृत माओवादी केन्द्रबाट नेकपा एमाले गएका गृहमन्त्री रामबहादुर थापा बादल, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योगमन्त्री लेखराज भट्ट, शहरी विकास मन्त्री प्रभु साह, श्रममन्त्री गौरीशंकर चौधरी, खानेपानी मन्त्री मणि थापा र खेलकुद मन्त्री दावा लामा पदमुक्त भए । यस बीचमा संसद विघटन भएको छ, […]

एमाले जनसंगठनहरुको चेतावनी- सडकबाटै न्याय दिउँला जस्तो गरी वक्तव्यबाजी नहोस्

१९ जेठ, काठमाडौं । प्रतिनिधिसभा विघटनबारे सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई लिएर वक्तव्यवाजी नगर्न नेकपा एमालेका जनसंगठनहरुले चेतावनी दिएका छन् । १६ जनसंगठनका प्रमुखहरुले संयुक्त वक्तव्य जारी गर्दै अदालतमा विचाराधीन मुद्दालाई प्रभाव पार्ने बदनियत राखेर वक्तव्यबाजी गरिएको भन्दै निन्दा प्रकट गरेका छन् । ‘…सम्मानित सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई प्रभावित समेत गर्ने बदनियत राखी वक्तव्यबाजी गर्ने कार्यको […]

सुर्खेतमा नेपाल समूहले बनायो एमालेको समानान्तर कमिटी

१५ जेठ, सुर्खेत । नेकपा (एमाले) को माधव कुमार नेपाल समूहले सुर्खेतमा पनि समानान्तर कमिटी गठन गरेको छ । पार्टीका सचिव मोहनसिंह बडुवालको अध्यक्षतामा २२७ सदस्यीय जिल्ला कमिटी गठन गरेको हो । शुक्रबार साँझ गठन भएको कमिटीको उपाध्यक्ष टोपबहादुर रास्कोटी, सचिव शिवप्रसाद उपाध्याय र उपसचिव बलबहादुर नेपाली रहेका छन् । लामो समयदेखि नेपाल समूहमा रहेका […]

एमाले सुदूरपश्चिम संसदीय दलको बैठक शुरु

१२ जेठ, धनगढी । सुदूरपश्चिम प्रदेश सभाको एमाले संसदीय दलको बैठक शुरु भएको छ । मंगलबार आपसी विवादका कारण बस्न नसकेको बैठक बुधबार बिहान साढे नौ बजेबाट शुरु भएको हो । बैठकमा २० जना प्रदेश सभा सदस्य सहभागी भएका छन् । सुदूरपश्चिम प्रदेश सभामा एमालेको तर्फबाट सभामुख सहित कुल २५ सदस्य रहेकोमा बैठकमा ४ जना […]

एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक बस्दै

११ जेठ, धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक बोलाइएको छ । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको भोलिपल्ट बस्न लागेको संसदीय दलको बैठकलाई चासोका साथ हेरिएको छ । आन्तरिक मामिला तथा कानूनमन्त्री समेत रहेका संसदीय दलका नेता प्रकाश बहादुर शाहले मंगलबार संसदीय दलको बैठक बोलाएका […]

ओलीले बोलाए एमाले स्थायी कमिटी बैठक

१० जेठ, काठमाडौं । नेकपा एमालेको स्थायी कमिटीको बैठक बस्दैछ । पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारस्थित निवासमा सोमबार दिउँसो १२ बजेपछि स्थायी कमिटी बैठक बोलाएका हुन् । बैठकमा चुनावको घोषणाविरुद्ध विपक्षी गठबन्धनको कसरत र पार्टीको आन्तरिक विवादबारे छलफल हुने एक नेताले बताए । यसअघि ८ जेठमा बसेको स्थायी कमिटीले माधव नेपाल पक्षका […]

माधव नेपालसहित एघार जनालाई एमालेको तीन प्रश्न

९ जेठ, काठमाडौं । नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपाल सहित एघार जनालाई २४ घण्टे स्पष्टीकरण पत्र पठाएको छ । केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले २४ घण्टाभित्र स्पष्टीकरण दिन पत्र पठाएका हुन् । स्पष्टीकरण पत्रमा तीन प्रश्न सोधिएको छ । पहिलो, २७ वैशाखको प्रतिनिधिसभा बैठकमा अनुपस्थित रहनुको कारण ? एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी […]

विश्‍वासको मत : एमालेको सहमति नभत्किए जसपा निर्णायक

५ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाबाट विश्वासको मत लिने पहल थालेका छन् । यसका लागि उनी एमालेभित्रको विवाद मिलाउन र जनता समाजवादी पार्टी (जसपा)लाई साथमा लिने प्रयन्तमा छन् । एमालेको आन्तरिक विवाद समाधान उन्मुख रहेको बताउँछन् एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ । कार्यदलले पार्टीभित्रका सबै खाले समस्याको समाधान निकाल्ने नेता नेम्वाङले […]

एमाले कार्यदलको बैठक बस्दै

४ जेठ, काठमाडौं । नेकपा एमालेभित्र जुटेको सहमति कार्यान्वयनको मापदण्ड तय गर्न कार्यदलको बैठक आज बस्दैछ । दिउँसो तीन बजे सिंहदरबारमा बैठक बस्ने कार्यदलका सदस्य सुवास नेम्वाङले बताए । २ जेठमा बनेको कार्यदलको यो पहिलो बैठक हो । उनी अध्यक्ष केपी शर्मा ओली तर्फका कार्यदल संयोजक समेत हुन् । वरिष्ठ नेता माधवकुमार नेपालका तर्फबाट भीम […]

जेठ २ मा फर्किने सहमति कार्यान्वयन गर्न एमालेमा बन्यो कार्यदल

२ जेठ, काठमाडौं ।सत्तारूढ  नेकपा एमालेमा २०७५ जेठ २ मा फर्किने सहमति कार्यान्वयनका लागि कार्यदल बनेको छ । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आइतबार भएको भेटले दुबै पक्षका ५/५ नेता रहेको कार्यदल बनाएको छ । कार्यदलमा अध्यक्ष ओली पक्षको तर्फबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल […]

एमाले वार्ता : जेठ २ मा फर्किन ओली सहमत

३१ वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जेठ २ (माओवादी केन्द्रसँग पार्टी एकता गर्नुअघिको अवस्था) मा फर्किन सहमत भएका छन् । बिहीबार भएको वार्ता सकारात्मक भएपछि अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपाल आ–आफ्नो पक्ष नेताहरुसहित शुक्रबार फेरि वार्तामा बसेका थिए । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको वार्तामा अध्यक्ष ओली, नेपाल समूहको मागअनुसार […]