+
+
WC Series
विराटनगर किंग्स 2025
94/10 (17.5)
VS
Lumbini Lions won by 40 runs
Won लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने, झण्डोत्तोलन र इलेक्ट्रिक दियो बालेर उद्घाटन

चौरमा १५ हजारको हाराहारीमा कुर्सी राख्ने योजना एमालेको छ । अध्यक्ष देउजाका अनुसार उद्घाटन प्रविधिमैत्री हुने छ । मञ्च बनाउने काम अन्तिम चरणमा पुगेको छ । ‘साँझसम्ममा मञ्च तयार हुन्छ,’ उनले भने ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २६ गते १५:१९

२६ मंसिर, काठमाडौं । नेकपा एमालेको महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ ।

भक्तपुरको सल्लाघारीमा उद्घाटन हुने महाधिवेशनमा तीन लाख कार्यकर्ता उतार्ने गरी तयारी अन्तिम चरणमा पुगेको एमालेले जनाएको छ । ‘मञ्चस्थलमा तीन लाख बढी नेता तथा कार्यकर्ता आउनु हुन्छ,’ भक्तपुर जिल्ला अध्यक्ष वचन देउजाले भने ।

उनका अनुसार भक्तपुरबाट मात्र २० हजार बढी संख्यामा मानिस सभामा आउने छन् ।

चौरमा १५ हजारको हाराहारीमा कुर्सी राख्ने योजना एमालेको छ । अध्यक्ष देउजाका अनुसार उद्घाटन प्रविधिमैत्री हुने छ । मञ्च बनाउने काम अन्तिम चरणमा पुगेको छ । ‘साँझसम्ममा मञ्च तयार हुन्छ,’ उनले भने ।

एमाले पोलिटब्युरो सदस्य तथा मञ्च व्यवस्थापनका संयोजक बिनोद श्रेष्ठका अनुसार उद्घाटनमा अहिलेसम्म १० वटा महाधिवेशन भएकाले वरिपरि १० वटा झण्डा र बीचमा अहिले ११ औंको झण्डा राख्ने तयारी छ ।

११ औं झण्डालाई झण्डोत्तोलनका साथै इलेक्ट्रिक दियो बालेर उद्घाटन गर्ने तयारी छ । तर यसबारे आज बेलुकासम्म थप निर्णय हुने उनले बताए ।

यसपटक सर्वसाधरणको सवारीमा समस्या नहुनेगरी व्यवस्थापन गरिएको एमालेले जनाएको छ । महाधिवेशनमा आएका गाडीहरू जगते र राधेराधेमा पार्किङ गर्ने व्यवस्था मिलाइएको छ ।

शनिबार ११ बजे उद्घाटनका लागि नेता तथा कार्यकर्ता सल्लाघारी पुग्नेछन् । दिउँसो ४ बजेभित्र उद्घाटन सत्रको सबै काम सक्ने योजना एमालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?