+
+
Shares

एमाले जेनजीहरूले बनाए छुट्टै फोरम

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २१ गते १८:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेका १८६ युवाले 'मदन भण्डारी विचारधारा विद्यार्थी फोरम' गठन गरेका छन्।
  • फोरमको संयोजक समिर रिजाल, सह–संयोजक विवेक तमु र अभी विश्वकर्मा रहेका छन्।
  • फोरमले लोकतन्त्र सुदृढीकरण, आर्थिक समृद्धि र सांस्कृतिक रुपान्तरणमा बहस गर्ने उद्देश्य राखेको छ।

२१ कात्तिक, काठमाडौ । नेकपा एमालेका जेनजीहरूले छुट्टै फोरम घोषणा गरेका छन् ।

१८६ युवाहरु समेटेर ‘मदन भण्डारी विचारधारा विद्यार्थी फोरम’ घोषणा गरेका हुन् । फोरमको संयोजक समिर रिजाल छन् । सह–संयोजकहरू विवेक तमु र अभी विश्वकर्मा रहेको फोरमको प्रवक्ता मनिषा पौडेल बनेका छन् ।

‘जनजनेता मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवाद (जबज) को प्रगतिशील एवं लोकतान्त्रिक विचारधारालाई आत्मसात् गर्ने नव पुस्ता (जेनजी) युवाहरूकाले मदन भण्डारी विचारधारा विद्यार्थी फोरमको औपचारिक कमिटी गठन भएको छ,’ वक्तव्यमा भनिएको छ ।

फोरमले लोकतन्त्रको सुदृढीकरण, आर्थिक समृद्धि र सांस्कृतिक रुपान्तरणमाथि बहस र विमर्श चलाउने उद्देश्य राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?