+
+
Shares

एमालेले घोषणा गर्‍यो युथ भोलेन्टियर फोर्स

आइतबार भक्तपुरको गुण्डुमा जनसंगठन समन्वय संयन्त्रले आयोजना गरेको विशेष भेलाले युथ भोलेन्टियर फोर्सको घोषणा गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १६ गते १५:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेले भक्तपुरको गुण्डामा युथ भोलेन्टियर फोर्सको घोषणा गरेको छ।
  • कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली र उनकी पत्नी राधिका शाक्यको उपस्थिति थियो।
  • युवा संघ नेपालका अध्यक्ष महेश बस्नेतले युथ भोलेन्टियर फोर्सले मधेश, पहाड र हिमालका जिल्लामा पनि घोषणा गर्ने बताए।

१६ कात्तिक, काठमाडौं। नेकपा एमालेले युथ भोलेन्टियर फोर्सको घोषणा गरेको छ । आइतबार भक्तपुरको गुण्डुमा जनसंगठन समन्वय संयन्त्रले आयोजना गरेको विशेष भेलाले युथ भोलेन्टियर फोर्सको घोषणा गरेको हो ।

कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली र उनकी पत्नि राधिका शाक्यको उपस्थिति थियो।

कार्यक्रममा पोलिटब्युरो सदस्य महेश बस्नेतले युथ भोलेन्टियर फोर्सको केही आचारसंहिता पनि बनाएको बताए ।

उनले भने, ‘हामीले भक्तपुरमा पहिलो पटक युथ भोलेन्टियर फोर्सको घोषणा गरेका छौं। साथै भक्तपुरबाहेक ललितपुर, काठमाडौं, काभ्रे, रामेछापलगायतका जिल्लामा घोषणा गर्नेछौं।’

उनका अनुसार यो युथ फोर्स घोषणा गर्नमा मधेश, पहाड र हिमालका संगठनका साथीहरूले साथ दिएका छन् ।

नेता महेश बस्नेतका अनुसार केपी ओली गुण्डुमा बस्न थालेपछि दुई महिनादेखि युवाहरु त्यस क्षेत्रमा खटिएका छन् ।  ‘२ महिनामा २ हजार युवा खटे । गुण्डुवासीको तर्फबाट कुनै गुनासो आएको छैन’ उनले भने ।

पुष्प श्रेष्ठ, अमित पौडेललगायतले  अहिलेसम्म  समन्वय गरेको उनले जानकारी दिए । युवा संघ, भूपू सैनिक संगठन, एमाले भक्तपुर लगायतले नेताहरुको सुरक्षामा काम गरिरहेको उनले जानकारी दिए ।

उनले विगतमा युथ फोर्स निर्माण गरेर माओवादीको आतंक हटाएको उल्लेख गर्दै नेता बस्नेतले अहिले पनि  सबै खालका अराजकता विरुद्ध  युथ भोलेन्टियर्स  फोर्सले काम गर्ने जानकारी दिए ।

 तस्वीरहरू :  ओलीको सचिवालय 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?